२०८३ आश्विन १३ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसलाई केवल निर्वाचन जित्ने दलका रूपमा नभई देश सम्हाल्ने जिम्मेवारी बोकेको महत्त्वपूर्ण राष्ट्रिय शक्तिका रूपमा बुझ्नुपर्ने बताएका छन्।

नेपाली कांग्रेस ललितपुरले जिल्ला पार्टी कार्यालय नखिपोटमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै महामन्त्री थापाले राष्ट्रिय शक्तिसँग राष्ट्रिय जिम्मेवारी जोडिएको उल्लेख गरे। उनले भने, “राष्ट्रिय शक्ति चुकेमा त्यसको मूल्य देशले चुकाउनुपर्छ। त्यसैले कांग्रेसको भूमिका चुनाव जित्नेमा मात्रै सीमित छैन, देशलाई निकास दिने जिम्मेवारी पनि हाम्रो हो।”

महामन्त्री थापाले कांग्रेसलाई केवल मतका लागि शक्ति चाहिएको नभई मुलुकलाई सही दिशामा अघि बढाउन जनताको साथ र विश्वास आवश्यक रहेको बताए। “कांग्रेस पार्टी मात्रै होइन, राष्ट्रिय शक्ति हो। देशलाई संकटबाट बाहिर निकाल्न कांग्रेसले विगतमा खेलेको भूमिका आज पनि स्मरणीय छ,” उनले भने, “कांग्रेस आफू हारेर पनि देशलाई जिताउने पार्टी हो भन्ने कुरा इतिहासले प्रमाणित गरिसकेको छ।”

उनले भीड उचाल्ने र उत्तेजना फैलाउने राजनीति कांग्रेसको चरित्र नभएको स्पष्ट पार्दै कुशासनबाट आजित नागरिकलाई सम्हाल्दै सुशासन र विकासको बाटोमा देशलाई अघि बढाउनु कांग्रेसको दायित्व भएको बताए। “गल्ती र कमजोरी सुधार्दै कांग्रेसले फेरि एकपटक देश सम्हाल्ने जिम्मेवारी लिनुपर्छ,” थापाले जोड दिए।

निर्वाचन परिणाम जुनसुकै दलको पक्षमा आए पनि अन्ततः देशलाई जिताउने भूमिका कांग्रेसकै हुने उल्लेख गर्दै उनले कांग्रेसले राम्रो काम गरे जनताले स्वतः साथ दिने विश्वास व्यक्त गरे। साथै, विगतमा पार्टी छोडेकाहरूको पुनरागमनले कांग्रेस थप सशक्त बन्दै जाने उनको भनाइ थियो।

कार्यक्रममा कांग्रेस ललितपुरका सभापति जितेन्द्रकुमार श्रेष्ठले अघिल्लो स्थानीय तह निर्वाचनमा जिल्लाभर कांग्रेसले ५६ प्रतिशत जित हासिल गरेको स्मरण गराउँदै आगामी दिनमा अझ राम्रो परिणाम आउने विश्वास व्यक्त गरे।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय