२०८३ आश्विन १३ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालमा आवधिक निर्वाचन समयमै हुने विश्वास व्यक्त गरेका छन्।

आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले दक्षिण एशियाका धेरै देशहरूमा निर्वाचन ढिलो हुने प्रवृत्ति देखिए पनि नेपालमा भने त्यसलाई कसैले हल्लाउन नसक्ने बताए। “दक्षिण एशियाका थुप्रै देशमा समयमा आवधिक निर्वाचन हुँदैन। हाम्रोमा हुन्छ। हाम्रो निर्वाचन स्वतन्त्र, निष्पक्ष र नियमित हुन्छ,” थापाले भने।

उनका अनुसार निर्वाचनसम्बन्धी कानून संशोधन र एकीकरण गर्न सरकारद्वारा ल्याइने विधेयकमा निर्वाचन आयोगले सुझाएका प्रावधान हट्न सक्ने भएकाले सबै सचेत रहनुपर्ने छ। “संसदमा छलफलपछि आवश्यक परे फेरि थपघट गर्न सकिन्छ,” उनले बताए।

महामन्त्री थापाले उम्मेदवार छनोट स्थानीय तहमै गर्न पाउने प्रावधानलाई सकारात्मक भने। उनले मतदाता शिक्षा विस्तार गर्नुपर्नेमा जोड दिँदै निर्वाचनलाई अझ मजबुत र जनमुखी बनाउनुपर्ने आवश्यकता औंल्याए।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय