२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध | मन्त्री बनेपछि सिंहदरबारमै डेरा सरे महावीर पुन, मन्त्रालयमै बस्ने तयारी | मन्त्रिपरिषद बैठकमा ‘स्थानीय उत्पादन’ अभियान, डीडीसीलाई विशेष प्राथमिकता | सम्झौता मिति सकिन लाग्दा पनि जुम्लाको न्याउरीगाड पुल अधुरै | सेयर बजारमा गिरावटको क्रम जारी | सुधनको छानबिनप्रति कांग्रेस सभापति गगन थापाको कटाक्ष: “झन्झट किन गरेको? पहिल्यै होइन भने भइहाल्थ्यो” |

सरकारले भारतीय रुपैयाँ २०० र ५०० दरका नोट नेपाल–भारत आवतजावतमा निश्चित सीमासम्म खुला गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सन् २०१६ नोभेम्बर ९ पछि निष्कासन भएका ती नोट नेपाली वा भारतीय नागरिकले प्रतिव्यक्ति अधिकतम २५ हजार रुपैयाँसम्म भारतबाट नेपाल भित्र्याउन र नेपालबाट भारत लैजान सक्ने व्यवस्था गरेको हो।

बैठकपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेलले उक्त निर्णय सार्वजनिक गर्दै राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा प्रकाशकुमार श्रेष्ठ नियुक्त गरिएको जानकारी दिए। आयोगको सदस्यमा प्रा.डा. सुनीति श्रेष्ठलाई जिम्मेवारी दिइएको छ।

सरकारले सेवा प्रवाहका क्रममा कागजी आधिकारिकताका लागि आइटिकटका रूपमा हुलाक टिकट टाँस्ने प्रचलन हटाउने निर्णय पनि गरेको छ। प्रचलित कानूनमा स्पष्ट व्यवस्था भएका विषय बाहेक यस अभ्यासलाई अन्त्य गर्ने निर्णय गरिएको प्रवक्ता खरेलले बताए।

यसैगरी, विभिन्न राजनीतिक दल र सरोकारवालासँग संवाद अघि बढाउन उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गरिएको छ। समितिको संयोजकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिह्ना रहनेछन्। सदस्यमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाल रहेका छन्।

सरकारका यी निर्णयहरूले सीमापार कारोबार सहज बनाउने, प्रशासनिक प्रक्रिया सरल गर्ने र राजनीतिक संवादलाई संस्थागत गर्ने अपेक्षा गरिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय