२०८३ श्रावण २५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

उच्च अदालत बुटवलले बिहीबार रास्वपा सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश दिएको छ। सो आदेश जारी गर्दै न्यायाधीश बासुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासले उनलाई तीनवटा स्पष्ट शर्तको पालना गर्नुपर्ने व्यवस्था गरेको छ।

अदालतले तोकेका ती शर्त पूरा भएपछि मात्र लामिछाने थुनामुक्त हुन सक्नेछन्। आदेशअनुसार पहिलो शर्तमा उनले व्यक्तिगत वा संस्थागत प्रयोजनका लागि विदेश जानुपर्ने अवस्था आएमा अदालतलाई पूर्वजानकारी दिनुपर्नेछ। विदेश भ्रमणका लागि अदालतको अनुमति अनिवार्य गरिएको छ।

दोस्रो शर्तअनुसार, मुद्दाको अन्तिम फैसला हुँदा यदि थप बिगो वा जरिवाना तिर्नुपर्ने दायित्व सिर्जना भएमा त्यसलाई तिर्न–बुझाउन तयार रहेको कागज गर्नुपर्नेछ। आदेशमा अदालतले भनेको छ, ‘अदालतबाट फैसला हुँदा ठहरेबमोजिम हुने नै हुँदा बिगोका हकमा थप दायित्व सिर्जना भएमा तिर्न बुझाउन मञ्जुर भए सोको कागज गराउनू।’

तेस्रो शर्तमा भने जिल्ला अदालतले तोकेको धरौटी तथा सम्भावित बिगोको दामासाही रकम बैंक ग्यारेन्टीमार्फत सुनिश्चित गर्नुपर्ने उल्लेख छ। तर लामिछानेले उक्त बैंक ग्यारेन्टी यसअघि नै पेश गरिसकेकाले यो शर्त औपचारिक प्रकृतिको रूपमा मात्र रहेको देखिन्छ।

अब जिल्ला अदालतले सोही बैंक ग्यारेन्टी रुजु गरी लामिछानेलाई थुनामुक्त गर्ने प्रक्रिया अघि बढाउनेछ। उच्च अदालतको आदेशसँगै उनको रिहाइको बाटो खुलेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय