२०८३ आश्विन १४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज सडकमार्ग हुँदै भैरहवा लगिँदै छ । काठमाडौंबाट हवाई यात्रामार्फत भैरहवा पुर्‍याउने तयारी भए पनि मौसम खराब भएका कारण जहाज उड्न नसकेपछि उनी भरतपुर हुँदै गाडीमा रुपन्देहीतर्फ प्रस्थान गरेका हुन् ।

जानकारी अनुसार रविलाई सुरुमा काठमाडौंबाट भरतपुरसम्म हवाईमार्गबाट लगिएको थियो । तर भरतपुरबाट भैरहवा जाने उडान पनि सम्भव नभएपछि उनलाई भरतपुर विमानस्थलबाट गाडीमा राखेर भैरहवा पठाइएको हो ।

रविसँगै उनकी पत्नी निकिता पौडेल पनि भैरहवा जाँदै छिन् । त्यस्तै, रास्वपाका नेताहरू हरि ढकाल, दिपका बोहरा र गणेश पराजुलीलगायतका नेता तथा कार्यकर्ता पनि उनको साथमा रहेका छन् ।

रविलाई भैरहवा लैजानका लागि सुरक्षाको व्यवस्था मिलाइएको जनाइएको छ । मौसम प्रतिकूलताका कारण हवाई उडान अवरुद्ध भएपछि वैकल्पिक रूपमा सडकमार्ग प्रयोग गरिएको बताइएको छ ।

भरतपुरबाट रुपन्देहीसम्मको यात्रामा रास्वपाका नेताहरू निरन्तर सम्पर्क र समन्वयमा रहेको जनाइएको छ । पार्टी स्रोतका अनुसार आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गर्नका लागि रविलाई भैरहवा पुर्‍याइँदै छ ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय