२०८३ श्रावण २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
बालेनको कूटनीतिक शैली फेरिँदै : अब राजदूतहरूसँग ‘वान टु वान’ भेट ! | पहिरो, बाढी र कटानको चपेटामा राजमार्ग, सडक यात्रा जोखिमपूर्ण ! | ‘संघीयता र धर्मनिरपेक्षता कमजोर बनाउने प्रयास स्वीकार्य छैन’– आङ्देम्बे | दसैँ लगत्तै सुरु हुँदै एनपीएल, तिहार पनि क्रिकेटकै माहोलमा | ७ हजारमा ग्यास सिलिन्डर बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ | कसरी छिरे ५२६ रोहिंग्या नेपाल ? | ढल्केवरको ट्रमा सेन्टर सार्ने विषयमा सरकारलाई रुलिङ | सम्पत्ति शुद्धीकरण मुद्दामा ८ वर्षपछि चक्रे मिलनले पाए सफाइ | चार महिनामै सर्पले टोकेर ५६ जनाको मृत्यु : बालबालिका जोखिममा ! | देशका विभिन्न सडक पहिरोले अवरुद्ध |

नेपाली कांग्रेस नवलपरासी–१ ले प्रतिनिधिसभा सदस्यका लागि विनोद चौधरीलाई प्रत्यक्षतर्फको उम्मेदवारका रूपमा सिफारिस गरेको छ। आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै पार्टीले चौधरीको एकल नाम केन्द्रमा पठाउने निर्णय गरेको हो।

कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिको बैठकले जिल्लाबाट प्राप्त सिफारिसलाई आवश्यक सुझावसहित केन्द्रमा पठाउने निर्णय गरेको प्रदेश कार्यसमितिले जनाएको छ। सो निर्णयअनुसार नवलपरासी–१ बाट चौधरीको नाम मात्र सिफारिस गरिएको हो।

यसअघि सोही क्षेत्रबाट प्रत्यक्षतर्फ सिफारिसमा परेका नेता विक्रम खनाल पार्टीको केन्द्रीय अनुशासन समितिबाट साधारण सदस्यसमेत नरहने गरी कारबाहीमा परेपछि उनको नाम सिफारिस सूचीबाट हटाइएको प्रदेश कार्यसमितिले स्पष्ट पारेको छ। खनाल कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिका महामन्त्रीसमेत थिए।

प्रदेश कार्यसमितिको निर्णयमा पार्टी कारबाहीमा परेका व्यक्तिलाई उम्मेदवारका रूपमा सिफारिस गर्न नमिल्ने व्यवस्था रहेकाले खनालको नाम केन्द्रमा नपठाइएको जनाइएको छ।

विनोद चौधरी २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा नवलपरासी–१ बाट नेपाली कांग्रेसका तर्फबाट प्रत्यक्ष निर्वाचित सांसद हुन्। पार्टीले पुनः उनैलाई उम्मेदवारका रूपमा अघि सारेको हो।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय