२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने आज अन्तिम दिन | प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध | मन्त्री बनेपछि सिंहदरबारमै डेरा सरे महावीर पुन, मन्त्रालयमै बस्ने तयारी | मन्त्रिपरिषद बैठकमा ‘स्थानीय उत्पादन’ अभियान, डीडीसीलाई विशेष प्राथमिकता | सम्झौता मिति सकिन लाग्दा पनि जुम्लाको न्याउरीगाड पुल अधुरै | सेयर बजारमा गिरावटको क्रम जारी |

सोमबार सेयर बजारमा दोहोरो दबाब देखिएको छ । परिसूचक नेप्से १३.८८ अंकले घट्दै २५८१ अंकमा झरेको छ भने कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा उल्लेख्य रूपमा कम भएको छ ।

दिनभर बजार कमजोर रहँदा कुल कारोबार रकम ३ अर्ब ५१ करोड रुपैयाँमा सीमित भयो । यसअघिको कारोबार दिन ४ अर्ब ५२ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो । सूचक र कारोबार दुवै घट्दा बजारमा लगानीकर्ताको मनोबल कमजोर देखिएको छ ।

सोमबार कुल ५४ कम्पनीको सेयर मूल्य बढेको छ भने २ सय कम्पनीको घटेको छ । पाँच कम्पनीको मूल्य स्थिर रह्यो । व्यापार समूहबाहेक सबै समूहका सूचक ओरालो लागेका छन् । व्यापार समूह ०.५७ प्रतिशतले घटेको छ ।

समूहगत रूपमा हेर्दा जीवन बीमा १.०१ प्रतिशत र होटल तथा पर्यटन समूह १.२६ प्रतिशतले घटेका छन् । यस्तै बैंकिङ ०.३५, विकास बैंक ०.३७, फाइनान्स ०.१५, हाइड्रोपावर ०.६६, लगानी ०.९७, उत्पादन तथा प्रशोधन ०.३२, माइक्रोफाइनान्स ०.४५, निर्जीवन बीमा ०.४५ तथा अन्य समूह ०.६९ प्रतिशतले घटेका छन् ।

व्यक्तिगत कम्पनीतर्फ एउटा मात्र कम्पनी एसवाई प्यानलको सेयर मूल्य १० प्रतिशतले बढेको छ । सीवाईसी लघुवित्तको ५.९०, पियोर इनर्जीको ५.८७ तथा हिमालयन पावर पार्टनरको ३.५२ प्रतिशत मूल्य वृद्धि भएको छ ।

घट्ने कम्पनीमध्ये मानुषी लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै ६.८४ प्रतिशतले घटेको छ । त्यसपछि लक्ष्मी लघुवित्त ५.५८, स्वस्तिक लघुवित्त ५.५१ तथा तेह्रथुम पावर ५.२० प्रतिशतले घटेका छन् ।

कारोबार रकमका आधारमा लुम्बिनी विकास बैंक, सन नेपाल लाइफ इन्स्योरेन्स, मञ्जुश्री फाइनान्स, हिमालयन पावर पार्टनर र सिटिजन लाइफ इन्स्योरेन्स अग्रस्थानमा रहे । सूचक र कारोबार दुवै घटेसँगै सेयर बजारमा अल्पकालीन दबाब कायम रहेको देखिएको छ ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय