२०८३ आश्विन १९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अब ७२ दिन मात्र बाँकी रहँदा समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवार बन्ने मापदण्डबारे चासो बढेको छ । प्रचलित निर्वाचन कानुनअनुसार सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक लिने गरी बहाल रहेका व्यक्ति राजनीतिक दलको समानुपातिक उम्मेदवार सूचीमा परे अयोग्य हुने व्यवस्था गरिएको छ ।

कानुनले सजाय पाएका व्यक्तिका हकमा पनि स्पष्ट प्रावधान राखेको छ । निर्वाचनसम्बन्धी कसुरमा सजाय भोगिसकेको मितिले दुई वर्ष पूरा नभएकाहरू उम्मेदवार बन्न पाउँदैनन् । निर्वाचन आयोगले आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन गर्ने निर्णय गरिसकेको छ । कूल २७५ सदस्यीय प्रतिनिधिसभामध्ये १६५ जना प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत र ११० जना समानुपातिक निर्वाचन प्रणालीबाट चयन हुने व्यवस्था छ ।

समानुपातिक निर्वाचन प्रणालीका सम्बन्धमा आयोगले अध्ययन समिति गठन गरी जनसङ्ख्याका आधारमा आवश्यक प्रतिशतसमेत निर्धारण गरिसकेको छ । प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन (पहिलो संशोधन) निर्देशिका, २०८२ अनुसार भ्रष्टाचार, जबर्जस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, आगुऔषधको बिक्री, वितरण, निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग तथा अपहरणसम्बन्धी कसुरमा दोषी ठहर भएकाहरू समानुपातिक सूचीका लागि अयोग्य ठहरिनेछन् ।

नैतिक पतन देखिने अन्य फौजदारी कसुरमा सजाय पाएका, जन्मकैद वा २० वर्ष वा सोभन्दा बढी कैद सजाय भोगेका र फैसला अन्तिम भइसकेकाहरू पनि उम्मेदवार बन्न पाउँदैनन् । यस्तै, सङ्गठित अपराधसम्बन्धी कसुरमा कैद सजाय पाएका वा कर्तव्य ज्यानसम्बन्धी कसुरमा २० वर्षभन्दा कम कैद सजाय भोगेका र सजाय भुक्तान गरेको मितिले छ वर्ष पूरा नभएकाहरू पनि अयोग्य हुने कानुनी व्यवस्था छ ।

जातीय भेदभाव तथा छुवाछुत, बोक्साबोक्सी वा बहुविवाहसम्बन्धी कसुरमा कैद सजाय पाएका र सजाय भुक्तान गरेको मितिले तीन वर्ष पूरा नभएकाहरू उम्मेदवार बन्न सक्दैनन् । साथै, प्रचलित कानुनबमोजिम कालोसूचीमा रहेका व्यक्ति सो अवधिभर, कैदमा रहेका कैद अवधिभर, मानसिक सन्तुलन ठीक नभएका तथा विदेशी मुलुकको स्थायी आवासीय अनुमति लिएका व्यक्ति पनि अयोग्य ठहरिन्छन् ।

कानुनअनुसार नेपालका नागरिक, कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका, २५ वर्ष उमेर पूरा गरेका, कुनै सङ्घीय कानुनले अयोग्य नठहरिएका र कुनै लाभको पदमा बहाल नरहेका व्यक्तिहरू भने समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवार बन्न योग्य मानिने व्यवस्था गरिएको छ ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय