२०८३ श्रावण २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
बालेनको कूटनीतिक शैली फेरिँदै : अब राजदूतहरूसँग ‘वान टु वान’ भेट ! | पहिरो, बाढी र कटानको चपेटामा राजमार्ग, सडक यात्रा जोखिमपूर्ण ! | ‘संघीयता र धर्मनिरपेक्षता कमजोर बनाउने प्रयास स्वीकार्य छैन’– आङ्देम्बे | दसैँ लगत्तै सुरु हुँदै एनपीएल, तिहार पनि क्रिकेटकै माहोलमा | ७ हजारमा ग्यास सिलिन्डर बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ | कसरी छिरे ५२६ रोहिंग्या नेपाल ? | ढल्केवरको ट्रमा सेन्टर सार्ने विषयमा सरकारलाई रुलिङ | सम्पत्ति शुद्धीकरण मुद्दामा ८ वर्षपछि चक्रे मिलनले पाए सफाइ | चार महिनामै सर्पले टोकेर ५६ जनाको मृत्यु : बालबालिका जोखिममा ! | देशका विभिन्न सडक पहिरोले अवरुद्ध |

सरकारले फागुन २१ गते तय गरिएको प्रतिनिधिसभा निर्वाचनलाई सर्वस्वीकार्य बनाउन राजनीतिक दलहरूसँगको संवाद र सहमतिको प्रयास तीव्र बनाएको छ। निर्वाचन नजिकिँदै जाँदा सरकार दलहरूलाई विश्वासमा लिएर समयमै चुनाव गराउने तयारीमा जुटेको हो।

सरकारद्वारा गठित राजनीतिक संवाद समितिले दलका कार्यालय र नेताहरूको निवासमै पुगेर छलफल गरिरहेको छ। राष्ट्रपति रामचन्द्र पौडेलको समन्वयमा प्रधानमन्त्री सुशीला कार्कीले पनि शीतल निवासमा प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गरिसकेकी छन्।

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलका अनुसार सरकार तोकिएको मितिमै निर्वाचन गराउन प्रतिबद्ध छ। उनले राजनीतिक दलहरूसँग निरन्तर वार्ता भइरहेको र चुनाव सरकारको उच्च प्राथमिकतामा रहेको बताए।

खरेलका अनुसार नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनको कुनै विकल्प नभएको स्पष्ट पारेका छन्। नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पनि चुनाव हुनैपर्ने बताएका छन् भने एमाले अध्यक्ष केपी शर्मा ओलीले सुरक्षित वातावरण सुनिश्चित हुनुपर्नेमा जोड दिएका छन्।

सरकारले दलहरूबाट आएका चासोलाई सम्बोधन गर्दै चुनावको वातावरण बनाउने प्रतिबद्धता जनाएको छ। मन्त्री खरेलले फागुन २१ गते चुनाव हुने र सबै दल सहभागी हुनेमा आफूहरू आशावादी रहेको बताए।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय