२०८३ श्रावण २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
बालेनको कूटनीतिक शैली फेरिँदै : अब राजदूतहरूसँग ‘वान टु वान’ भेट ! | पहिरो, बाढी र कटानको चपेटामा राजमार्ग, सडक यात्रा जोखिमपूर्ण ! | ‘संघीयता र धर्मनिरपेक्षता कमजोर बनाउने प्रयास स्वीकार्य छैन’– आङ्देम्बे | दसैँ लगत्तै सुरु हुँदै एनपीएल, तिहार पनि क्रिकेटकै माहोलमा | ७ हजारमा ग्यास सिलिन्डर बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ | कसरी छिरे ५२६ रोहिंग्या नेपाल ? | ढल्केवरको ट्रमा सेन्टर सार्ने विषयमा सरकारलाई रुलिङ | सम्पत्ति शुद्धीकरण मुद्दामा ८ वर्षपछि चक्रे मिलनले पाए सफाइ | चार महिनामै सर्पले टोकेर ५६ जनाको मृत्यु : बालबालिका जोखिममा ! | देशका विभिन्न सडक पहिरोले अवरुद्ध |

निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक गरेको छ। यसपटक मतदाता संख्या सवा ९ लाखभन्दा बढीले बढेको छ।

आयोगका अनुसार अघिल्लो प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एक करोड ७८ लाख ८८ हजार ५७० मतदाता थिए। यसपटक नौ लाख १५ हजार ११९ मतदाता थपिँदा कुल मतदाता संख्या एक करोड ८९ लाख तीन हजार ६८९ पुगेको छ।

प्रकाशित नामावलीमा ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २०० अन्य मतदाता छन्। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार अन्तिम मतदाता नामावली आयोगको वेबसाइटमार्फत सार्वजनिक गरिएको छ।

मतदाता नामावली ऐन, २०७३ अनुसार प्रक्रिया पूरा गरी अन्तिम सूची प्रकाशन गरिएको हो। आगामी फागुन २० गतेसम्म १८ वर्ष पूरा गर्ने नागरिकको विवरणसमेत अद्यावधिक गरिएको आयोगले जनाएको छ।

यसैबीच, आगामी निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र तोकिएका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय