२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध | मन्त्री बनेपछि सिंहदरबारमै डेरा सरे महावीर पुन, मन्त्रालयमै बस्ने तयारी | मन्त्रिपरिषद बैठकमा ‘स्थानीय उत्पादन’ अभियान, डीडीसीलाई विशेष प्राथमिकता | सम्झौता मिति सकिन लाग्दा पनि जुम्लाको न्याउरीगाड पुल अधुरै | सेयर बजारमा गिरावटको क्रम जारी | सुधनको छानबिनप्रति कांग्रेस सभापति गगन थापाको कटाक्ष: “झन्झट किन गरेको? पहिल्यै होइन भने भइहाल्थ्यो” |

प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा सरकार र निर्वाचन आयोगले चुनावी तयारीलाई व्यापक रूपमा अघि बढाएका छन्। यससँगै राजनीतिक दलहरूले पनि आन्तरिक छलफल र संगठनात्मक तयारीलाई तीव्र बनाएका छन्। निर्वाचन आयोगले राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी काम एकैसाथ अघि बढाइरहेको जनाएको छ।

आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि जिल्ला न्यायाधीशहरूलाई निर्वाचन अधिकृत नियुक्त गरिसकेको छ। त्यस्तै प्रतिनिधिसभा सदस्य निर्वाचनतर्फ समानुपातिक प्रणालीअन्तर्गत उम्मेदवारको बन्दसूची पेस गर्ने समयसीमा नजिकिँदै जाँदा दलहरू आवश्यक तयारीमा जुटेका छन्।

विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका राजनीतिक दलसँगै नयाँ दर्ता भएका दलहरू पनि समानुपातिक सूची तय गर्न आन्तरिक राजनीतिक छलफल र समन्वयमा सक्रिय देखिएका छन्। यही सन्दर्भमा मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन राजनीतिक दलका शीर्ष नेतासँग छलफल गर्नुभएको थियो। सरकार र निर्वाचन आयोग दुवैको तयारी तीव्र भएकाले निर्वाचनको वातावरण क्रमशः तयार हुँदै गएको संकेत देखिएको छ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार प्रतिनिधिसभा निर्वाचनका लागि ९३ राजनीतिक दलले समानुपातिक सूचीमा सहभागी हुन निवेदन दिएका छन्। आयोगले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत सहभागी हुने दलहरूका लागि आवश्यक कार्यतालिका तयार गरिसकेको उहाँले जानकारी दिनुभयो।

आयोगले नयाँ प्रतिशतका आधारमा समावेशी समूह मिलाएर आगामी पुस १३ र १४ गते उम्मेदवारको बन्दसूची पेस गर्न समयसीमा तोकेको छ। समानुपातिकतर्फ उम्मेदवार छनोट गर्दा देखिन सक्ने जटिलता न्यून गर्न आयोगले राजनीतिक दलका प्रतिनिधिलाई आवश्यक तालिमसमेत प्रदान गरेको छ। यसले समानुपातिक प्रणालीअन्तर्गत प्रतिशत निर्धारण तथा जनसंख्यामा आधारित बदलिँदो व्यवस्थाअनुसार काम गर्न सहज हुने अपेक्षा गरिएको छ।

निर्वाचन आयोगले राष्ट्रिय जनगणना २०७८ का तथ्यांकलाई आधार मानेर समानुपातिकतर्फको प्रतिशत निर्धारण गरेको छ। जनगणनाअनुसार समावेशी समूहभित्र केही वर्गको जनसंख्या घटबढ भएकाले सोहीअनुसार आवश्यक प्रबन्ध गरिएको आयोगले जनाएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय