२०८२ माघ २७ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
नेकपा नै सबैभन्दा नयाँ पार्टी होः पुष्प्रकमल दाहाल प्रचण्ड | रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी | नोबेल शान्ति पुरस्कार विजेता नरगिस मोहम्मदीलाई साढे ७ वर्ष जेल सजाय | कुलमान घिसिङ भन्छन उज्यालो नेपाल सामाजिक सञ्जालबाट होइन, कामबाट स्थापित पार्टी हो | महेश बस्नेत भन्छन संसद पुनर्स्थापनाको विषयमा सर्वोच्च अदालत भाग्न पाउँदैन | रुपन्देहीको शान्ति नमूना माविका विद्यार्थी सवार बस दुर्घटना | प्रत्यक्षतर्फ २५ जिल्लाका ३० लाख मतपत्र छापिएको छ | सुन्तला बिक्रीबाट बागलुङमा करिब २७ करोडको आम्दानी | आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो | सिरहामा गोली हानी एक जनाको हत्या |

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ ६४ राजनीतिक दलले बन्दसूची पेस गरेका छन्। निर्वाचन आयोगका अनुसार ५८ वटा निर्वाचन चिन्हमा प्रतिस्पर्धा हुने गरी कुल ३,४२४ उम्मेदवारको नाम दर्ता भएको छ।

आयोगका विवरणअनुसार २२ वटा दलले समानुपातिकतर्फका सबै ११० सिटका लागि उम्मेदवारी दिएका छन्। बाँकी दलले भने न्यूनतम १० देखि अधिकतम १०१ सिटसम्मको बन्दसूची पेस गरेका छन्। ६ वटा दलले न्यूनतम ११ जनाको बन्दसूची मात्र बुझाएका छन्।

बन्दसूची पेस गर्ने पहिलो दल नेपाल मजदुर किसान पार्टी (नेमकिपा) रहेको छ भने अन्तिममा नेपाली कांग्रेसले सूची बुझाएको छ। ५४ दलले आफ्नै निर्वाचन चिन्हमा भाग लिएका छन् भने १० दलले ४ वटा साझा निर्वाचन चिन्ह प्रयोग गरी बन्दसूची पेस गरेका छन्।

मोबाइल चिन्हमा आम जनता पार्टी र जनादेश पार्टी नेपाल, सिंह चिन्हमा सचेतक नेपाली पार्टी र नागरिक सर्वोच्चता पार्टी नेपाल, जाँतो चिन्हमा राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी नेपाल तथा बस चिन्हमा नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी र नेपाल जनजागृति पार्टी नेपालले समानुपातिकतर्फ बन्दसूची पेस गरेका छन्।

बन्दसूची पेस गर्ने दल र सिट संख्या यसप्रकार छन्:


नेपाल मजदुर किसान पार्टी ११०, नेपाल लोकतान्त्रिक पार्टी १२, राष्ट्रिय जनमोर्चा ११०, जनप्रिय लोकतान्त्रिक पार्टी १२, नेकपा माक्र्सवादी (पुष्पलाल) २०, गतिशील लोकतान्त्रिक पार्टी ११, जनता समाजवादी पार्टी नेपाल १०१, समावेशी समाजवादी पार्टी ३१, समावेशी समाजवादी पार्टी नेपाल १२, नेपाल जनता संरक्षण पार्टी १७, नागरिक शक्ति नेपाल २५, राष्ट्रिय जनमुक्ति पार्टी ११, नेपाल जनमुक्ति पार्टी ११, मंगोल नेशनल अर्गनाइजेसन ११०

उन्नत लोकतन्त्र पार्टी २२, जनता लोकतान्त्रिक पार्टी नेपाल २५, पिपुल फस्ट पार्टी १८, नेपालको लागि नेपाली पार्टी ४३, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल ११०, त्रिमूल नेपाल २३, स्वाभिमान पार्टी ११, प्रजातान्त्रिक पार्टी नेपाल ४१, नेकपा (माले) ११०, राष्ट्रिय उर्जाशील पार्टी नेपाल ४६, राष्ट्रिय एकता दल ३२, राष्ट्रिय गौरव पार्टी २५, श्रम संस्कृति पार्टी ११०, नेशनल रिपब्लिक नेपाल २९, जनअधिकार पार्टी ११

राष्ट्रिय परिवर्तन पार्टी ४९, संसदीय लोकतान्त्रिक राष्ट्रिय मञ्च ११०, नेपाल सद्भावना पार्टी ११०, नेकपा (एमाले) ११०, जनमत पार्टी ११०, राष्ट्रिय मुक्ति आन्दोलन नेपाल २७, नेपाली कांग्रेस (बीपी) ११, राष्ट्र निर्माण पार्टी नेपाल ३५, राष्ट्रिय जनता पार्टी नेपाल १२

नेपाल मातृभूमि पार्टी २०, मितेरी पार्टी नेपाल ११०, नेपाली जनश्रमदान संस्कृति पार्टी ११, बहुजन शक्ति पार्टी २०, नेपाली कम्युनिष्ट पार्टी (संयुक्त) ११०, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ११०, नेपाली जनता दल ११०, जय मातृभूमि पार्टी ५५, राष्ट्रिय प्रजातान्त्रिक पार्टी ११०, नेकपा (माओवादी) ११०, सार्वभौम नागरिक पार्टी २८, प्रगतिशील लोकतान्त्रिक पार्टी ११०, नेपाल जनता पार्टी ६०, संयुक्त नागरिक पार्टी ६१, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ११० र नेपाली कांग्रेस ११० सिटका लागि उम्मेदवारी दिएका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय