२०८३ आश्विन ११ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गर्दै नयाँ वर्षको स्वागतका रूपमा आज तमु ल्होसार पर्व देशभर हर्षोल्लासका साथ मनाउँदै छन्। ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई तमु ल्होसार भनिन्छ। गुरुङ समुदायका लागि यो पर्व नयाँ वर्षको सुरुवात हो।

तमु ल्होसार सूर्यको किरण र मौसमसँग सम्बन्धित पर्व मानिन्छ। गुरुङ बाहुल्य रहेका लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की र पर्वतलगायत जिल्लामा पुस महिनामै सूर्यको ताप छिटो पर्ने भएकाले यही समयमा ल्होसार मनाइँदै आएको विश्वास छ। त्यसपछि तामाङ र शेर्पा समुदायले क्रमशः माघ र फागुनमा ल्होसार मनाउने चलन रहेको छ।

पुस १५ गतेको रात वर्षकै सबैभन्दा लामो रात हुने र त्यसपछि दिन लामो हुँदै जाने भएकाले पनि तमु ल्होसारलाई विशेष महत्त्व दिइन्छ। यस अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ।

तमु ल्होसारको अवसरमा काठमाडौँको टुँडिखेलमा गुरुङ समुदायले विशेष कार्यक्रम आयोजना गरेका छन्। कार्यक्रममा परम्परागत सांस्कृतिक नृत्य, मौलिक पहिरन र गुरुङ समुदायका परिकारहरूको प्रदर्शनी गरिएको छ। आइतबारदेखि सुरु भएको ल्होसार महोत्सवमा हजारौँ सर्वसाधारणको सहभागिता रहेको छ

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय