२०८३ आश्विन १९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

ठगी तथा आपराधिक विश्वासघातको अभियोगमा फरार रहेका अर्जुनबहादुर शाहीलाई जिल्ला प्रहरी परिसर काठमाडौँले पक्राउ गरेको छ । मनसरी घलेसहितको जाहेरीका आधारमा शाहीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

अछामको पञ्चदेव विनायक नगरपालिका–४ घर भई काठमाडौँको रानीपोखरी बस्ने २६ वर्षीय शाहीविरुद्ध ठगी, आपराधिक विश्वासघात र बैंकिङ कसुर (चेक अनादर) सम्बन्धी मुद्दा दर्ता रहेका छन् । प्रहरीका अनुसार शाहीमाथि विभिन्न मितिमा फरक–फरक मुद्दा दर्ता भएको पाइएको छ ।

शाही यसअघि पनि असोज २९ गते पक्राउ परेका थिए । त्यतिबेला उनले ‘जेन्जी’ को नाममा विभिन्न सरकारी कार्यालयमा धम्की दिएको आरोपमा कोटेश्वरबाट पक्राउ गरिएको थियो । त्यस समय पनि उनी विभिन्न आपराधिक मुद्दामा फरार रहेको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार शाहीले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकलाई धम्की दिँदै राजीनामा मागेका थिए । बैंकिङ कसुर, वैदेशिक रोजगारी ठगीलगायतका मुद्दामा उनी फरार थिए ।

शाही जेन्जी रिभोलुसन नेपालका संयोजकसमेत रहेका छन् । केही दिनअघि पत्रकार सम्मेलन गर्दै उनले आफूलाई फसाउन र जेन्जी आन्दोलनको उपलब्धि हत्याउन षड्यन्त्र गरिएको दाबी गरेका थिए ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय