२०८३ श्रावण २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
बालेनको कूटनीतिक शैली फेरिँदै : अब राजदूतहरूसँग ‘वान टु वान’ भेट ! | पहिरो, बाढी र कटानको चपेटामा राजमार्ग, सडक यात्रा जोखिमपूर्ण ! | ‘संघीयता र धर्मनिरपेक्षता कमजोर बनाउने प्रयास स्वीकार्य छैन’– आङ्देम्बे | दसैँ लगत्तै सुरु हुँदै एनपीएल, तिहार पनि क्रिकेटकै माहोलमा | ७ हजारमा ग्यास सिलिन्डर बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ | कसरी छिरे ५२६ रोहिंग्या नेपाल ? | ढल्केवरको ट्रमा सेन्टर सार्ने विषयमा सरकारलाई रुलिङ | सम्पत्ति शुद्धीकरण मुद्दामा ८ वर्षपछि चक्रे मिलनले पाए सफाइ | चार महिनामै सर्पले टोकेर ५६ जनाको मृत्यु : बालबालिका जोखिममा ! | देशका विभिन्न सडक पहिरोले अवरुद्ध |

वैदिक सनातन धर्मावलम्बीहरूको एक महिने श्रीस्वस्थानी व्रत तथा माघ स्नान आजदेखि सुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म चल्ने यस व्रतमा घर–घरमा विधिपूर्वक स्वस्थानीको पूजा, व्रत र कथा वाचन गर्ने परम्परा छ ।

व्रतको अवधिमा बिहान माघ स्नान गरी मध्याह्नमा भगवान् शिव र पार्वतीको पूजा गर्ने तथा साँझ स्वस्थानी कथा सुन्ने–सुनाउने चलन रहेको छ । माघ शुक्ल पूर्णिमाका दिन विशेष पूजासहित व्रतको उद्यापन गरिन्छ ।

धार्मिक विश्वासअनुसार पार्वतीले महादेवलाई पति पाउन यो व्रत बसेको कथन छ । व्रत बस्दा रोगबाट मुक्ति मिल्ने, टुटेका सम्बन्ध पुनः जोडिने र मनोकामना पूरा हुने जनविश्वास रहँदै आएको छ ।

यसै अवसरमा काठमाडौंको साँखुस्थित शालिनदीमा आजदेखि एक महिने माधवनारायण मेला पनि सुरु भएको छ । माघ महिनामा शालिनदीमा स्नान गरी माधवनारायणको दर्शन गर्दा पुण्य प्राप्त हुने विश्वास छ । मेलामा नेपालका विभिन्न स्थान र भारतबाट समेत भक्तजनहरूको सहभागिता रहने गरेको छ ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय