२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
फास्ट ट्र्याकको गाडी दुर्घटना हुँदा इञ्जिनियर र चालकको मृत्यु | हिन्दुकुश क्षेत्रमा कम वर्षाको अनुमान, विपद्को जोखिम भने कायमै | काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने आज अन्तिम दिन | प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध | मन्त्री बनेपछि सिंहदरबारमै डेरा सरे महावीर पुन, मन्त्रालयमै बस्ने तयारी | मन्त्रिपरिषद बैठकमा ‘स्थानीय उत्पादन’ अभियान, डीडीसीलाई विशेष प्राथमिकता |

२५ पुष २०८२, शुक्रवार

सशस्त्र युद्ध छाडेर २०६३ देखि शान्ति प्रक्रियामा आएका नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले आफूलाई गतिशील नेताका रूपमा प्रस्तुत गर्दै आएका छन् ।

संसदीय प्रतिस्पर्धात्मक राजनीतिमा आएपछि विभिन्न जिल्ला र क्षेत्र परिवर्तन गर्दै जित्दै आएका दाहालको यस पटक रुकुम पूर्व रोजाइमा परेको छ । नेकपाले जित्ने अरू क्षेत्रभन्दा तुलनात्मक रूपमा सुरक्षित रहेको रुकुम पूर्वमा २१ फागुनको संसदीय निर्वाचनका लागि उम्मेदवार हुने करिब पक्का भएको छ । २०६४ देखि माओवादी केन्द्रले रुकुम पूर्वबाट निरन्तर जित्दै आएको छ ।

सोमबार रुकुम पूर्वका नेताहरू पूर्ण घर्ती, तेजबहादुर ओलीलगायत नेताहरूले दाहाललाई भेटेर रुकुम पूर्वबाट उम्मेदवार हुन आग्रह गरेका थिए । रुकुम पूर्व जिल्ला समितिले दाहाललाई उम्मेदवारका रूपमा सिफारिस गरिसकेकाले उम्मेदवार हुन पुनः आग्रह गरेका थिए । त्यसबेला दाहालले रुकुम पूर्वबाट उम्मेदवार हुन ‘सकारात्मक’ भएको बताएका थिए । बिहीबार पनि केन्द्रीय कार्यालय पेरिसडाँडाबाट बाहिरिने क्रममा दाहालले रुकुम पूर्वबाट उम्मेदवार हुनेबारे शुक्रबारसम्म टुंगो लगाउने बताए । ‘भोलि (शुक्रबार) सम्म टुंगो लाग्छ’ उनको भनाइ थियो

दाहालले २०६४ को पहिलो संविधानसभामा काठमाडौं–१० र रोल्पा–२ बाट उम्मेदवार हुँदा ऐतिहासिक र राजनीतिक सम्बन्ध गहिरो भएकाले आएको बताएका थिए । ‘जनयुद्ध’ को आधार इलाकाको सम्मान गर्दै आफूले रोल्पा रोजेको उनले त्यतिबेला बताएका थिए । ‘रोल्पाली जनता महान् हुनुहुन्छ । म जनयुद्धकालमा दुई वर्ष यहीं सुरक्षित बसेको छु’ उनको भनाइ थियो ।

दाहाल ३७ वर्षदेखि पार्टीको प्रमुख नेतृत्वमा छन् । उनी २०६५, २०७३, २०७९ गरी तीन पटक प्रधानमन्त्री भइसकेका छन् । १० पुस २०७९ देखि ३१ असार २०८१, १९ असार २०७३ देखि २३ जेठ २०७४ सम्म र साउन २०६५ देखि जेठ २०६६ सम्म प्रधानमन्त्री भएका थिए । २६ मंसिर २०११ मा कास्कीको ढिकुरपोखरी–२ लेवाडेमा जन्मिएका दाहालको परिवार २०२५ सालमा चितवनको शिवनगरमा बसाइँ सरेको थियो ।

सुदिप पौडेल
+ posts

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय