२०८२ आश्विन २१ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
जेन-जीको एक समूहको धम्कीपछि काठमाडौंका संवेदनशील स्थानमा प्रहरी परिचालन | राप्ति प्रतिष्ठानमा बिरामीको चाप बढ्दा शैय्या अभाव | ‘अभिमन्यु : च्याप्टर १’ को रिलिज मिति फेरियो, अब कार्तिक २१ गते विश्वभर प्रदर्शन हुने | अमेरिकी र्‍यापर डिडीलाई ४ वर्ष २ महिनाको जेल सजाय | नेपाल उत्कृष्ट टोली हो: कतारका प्रशिक्षक टोबी बेली | कुशल भुर्तेल फर्ममा फर्किए नेपालले कतारलाई १६ रनले हरायो | जेनजी आन्दोलनका ३० जना घाइते अझै अस्पतालमा उपचाररत | देशभर मनसुनी वायु कमजोर हुँदै पहाडी र तराई भू–भागमा मध्यम वर्षाको सम्भावना | जेनजी प्रदर्शनका क्रममा भागेका ५७ सयभन्दा बढी कैदी अझै फरार | खुम्बुमा असोजमै हिमपात, जनजीवन र पर्यटन प्रभावित |

राजावादीको उपत्यका बन्द र व्यवसायीको यातायात बन्द एकसाथ

भोलि के हुँदैछ?

सोमबार देशको सार्वजनिक यातायात प्रणाली पूर्ण रूपमा ठप्प हुने भएको छ।

फाईल तस्बिर: नागरिक

राजसंस्था पुनःस्थापनाका पक्षधरहरूको उपत्यका बन्द र यातायात व्यवसायीहरूको राष्ट्रव्यापी आन्दोलन एकैसाथ सुरु हुँदा देशभर सवारी साधनको चाप अत्यधिक बढ्ने देखिएको छ।

राजावादीको उपत्यका बन्द

राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले सोमबार काठमाडौं उपत्यकामा बन्दको घोषणा गरेको छ। समितिका संयोजक नवराज सुवेदीले जारी गरेको विज्ञप्तिमा सरकारको ‘बर्बर दमन’को विरोधमा आन्दोलनको स्वरूप परिवर्तन गर्न बाध्य भएको उल्लेख छ।

 

“सरकारको बर्बर दमनको विरोध गर्दै हामी आन्दोलनको स्वरुप परिवर्तन गर्न बाध्य भएका छौँ। यसै क्रममा भोलि जेठ १९ गते हामीले उपत्यका बन्दको घोषणा गरेका छौं,” विज्ञप्तिमा भनिएको छ।

समितिले आन्दोलनकर्ताहरूलाई आ-आफ्नो टोल र चोकमा बसी सक्रिय भूमिका निर्वाह गर्न आह्वान गरेको छ। साथै आन्दोलनका क्रममा पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष कमल थापालगायतलाई तत्काल रिहा गर्न सरकारसँग माग गरेको छ।

यातायात व्यवसायीको राष्ट्रव्यापी आन्दोलन

अर्कोतर्फ, गण्डकी प्रदेश सरकारले राइड सेयरिङसम्बन्धी नियमावली ल्याएपछि त्यसको विरोधमा यातायात व्यवसायीहरू आन्दोलित छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वारले भोलिबाट देशभर सार्वजनिक यातायात बन्द गर्ने चेतावनी दिएका छन्।

“भोलि (सोमबार) बाट देशभर सार्वजनिक यातायात बन्द गरिनेछ। कालो नम्बर प्लेटका सबै यातायात ठप्प हुनेछन्। सबै सवारीसाधन ग्यारेजमै बस्नेछन्,” स्वारले भनेका छन्।

के  छन   यातायात व्यवसायीका मुख्य माग?

यातायात व्यवसायीहरूले निम्न मुख्य मागहरू राखेका छन्:

तत्काल कार्यान्वयन हुनुपर्ने मागहरू:

  • गण्डकी प्रदेश सरकारले ल्याएको निजी सवारीसाधन सञ्चालन नियमावली २०८२ को दफा २ को ‘ज’ तत्काल खारेजी
  • सर्वोच्च अदालतको परमादेश तत्काल कार्यान्वयन
  • सवारी ऐन संशोधनमा भएका सम्झौता र सुझावहरू यथाशीघ्र कार्यान्वयन

दीर्घकालीन मागहरू:

  • मालवाहक सवारीसाधनको भारवहन नियमन कडाइका साथ लागू
  • सामाजिक सुरक्षा कोष अनिवार्य लागू
  • बिमा दर निर्देशिका संशोधन र दुर्घटना राहत कोषको स्थापना
  • अधिकारसम्पन्न यातायात प्राधिकरण गठन

राइड सेयरिङ विवादको मुल कारण

यातायात व्यवसायीहरूले  राइड सेयरिङका नाममा सार्वजनिक यातायातको काम गरेको र  अहिले उपत्यकामा नयाँ ट्याक्सी किन्न ४० लाखभन्दा बढी लाग्छ भने १५ वर्ष पुरानो गाडीलाई राइड सेयरिङमा ३-४ लाखमा चलाउन दिने नीति ल्याइएकोले दुख पाएको बताएका छ्न ।

“एउटा प्रयोजनका लागि दर्ता भएको गाडी अर्को प्रयोजनका लागि चलाउन पाइँदैन। संघीय कानुनसँग बाझिने गरेर प्रदेशहरुले कानुन बनाउन नपाउने,” व्यवसायीहरूको तर्क छ।

सोमबारको अवस्था

सार्वजनिक यातायाता केन्द्रीय महासंघ, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, ढुवानी व्यवसायी महासंघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनलगायतका संघ-संगठनहरूले संयुक्त विज्ञप्ति निकालेर आन्दोलनमा उत्रने निर्णय गरेका छन्।

अति आवश्यक अवस्था बाहेक बस, ट्याम्पो, ट्रक, मिनी बस, जीप, माइक्रोबसलगायत सबै सवारी साधन बन्द हुनेछन्। व्यवसायीहरूको दावी अनुसार देशभर ७ लाख सवारी साधनहरू आन्दोलनमा उत्रने भएका छन्।

सरकार र सुरक्षा निकायको चुनौती

दुई फरक समूहका आन्दोलन एकैसाथ सुरु हुँदा सुरक्षा निकाय र सरकार दबाबमा परेको जानकारहरूले बताएका छन्। एकातर्फ राजावादीहरूको उपत्यका बन्द र अर्कोतर्फ यातायात व्यवसायीहरूको राष्ट्रव्यापी आन्दोलनले देशको सामान्य जनजीवन प्रभावित हुने निश्चित छ।

हरेक दिन हजारौं यात्रुले सास्ती खेप्नुपरेको अवस्थामा सोमबारदेखि थप कठिनाई हुने देखिएको छ। आपतकालीन सेवा बाहेक सबै प्रकारका सार्वजनिक यातायात बन्द हुँदा सामान्य जनताले ठूलो समस्या भोग्नुपर्ने भएको छ।

सरकारले यी दुवै आन्दोलनकारी समूहसँग छलफल गरेर समस्या समाधान गर्न नसके देशको अर्थतन्त्रमा समेत नकारात्मक प्रभाव पर्नेछ ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय