२०८३ आश्विन १५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

१५ माघ २०८२, बिहिवार

नेपालका धेरै ठाउँमा पानी र हिउँ पार्ने गरी सक्रिय पश्चिमी न्यूनचापीय प्रणाली बुधबार रातिदेखि बाहिरिएको छ ।

मंगलबार साँझदेखि सक्रिय यो प्रणालीले सुदूरपश्चिमदेखि कोशी प्रदेशका पहाडी जिल्लासम्म हल्कादेखि मध्यम खालको वर्षा गराएको छ । उच्च पहाडी र हिमाली भेगमा हल्कादेखि भारीसम्म हिमपात भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार यो प्रणालीको प्रभाव सुदूरपश्चिममा बढी र जति पूर्वसर्‍यो त्यति कम परेको थियो । त्यसैले वर्षा पनि पश्चिम नेपालमै बढी भएको छ ।बुधबार साँझपख काठमाडौं उपत्यकामा समेत हल्का पानी परेको थियो । काठमाडौंका लागि यो यस वर्षको पहिलो हिउँदे वर्षा हो ।जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार सबैभन्दा बढी सुर्खेतमा ४३ मिलिमिटर पानी परेको रेकर्ड छ । त्यसपछि रुकुमको सेरागाउँमा ३८ मिलिमिटर वर्षा भएको छ ।

यसैगरी बैतडीमा ३५.६, डडेलधुरामा ३३.२, मनाङमा ३२.४, जाजरकोटमा ३३, डोल्पामा ३१ र बाजुरामा बाजुरमा ३०.२ मिलिमिटर वर्षा रेकर्ड भएको छ ।काठमाडौं उपत्यकाको हकमा ललितपुर र भक्तपुरमा बढी वर्षा भएको छ । यी दुवै जिल्लामा ४.८ मिलिमिटर वर्षा भएको मौसम पूर्वानुमान महाशाखाको रेकर्ड छ । यसैगरी काठमाडौंमा भने २.२ मिलमिटर पानी परेको रेकर्ड छ ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय