२०८२ आश्विन २२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
जनआस्थाको समाचारपछि प्रतिवादमा उत्रिए ज्ञानेन्द्र शाही : “मेरो चरित्र हत्या नगर” | माओवादी नेता जनार्दन शर्मामाथि पत्रकार सन्तोष देउजाले लगाए वैदेशिक सम्पत्ति लुकाएको आरोप | पर्वतमा सडक अलपत्र पार्ने ठेकेदारको जमानत जफत | आयोगले प्रतिवेदन कुर्नुपर्दैन भनेपछि अब कसलाई जिम्मेवार ठहर गर्ने ? | संसद पुनःस्थापनाका लागि अदालत जाने  गृहकार्यमा एमाले  | देशभर मनसुन क्रमश कमजोर हुँदै | जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार कैदी मृत फेला | निर्वाचन आयोगसँग प्रधानमन्त्री : चुनावका लागि आवश्यक सबै स्रोत साधन उपलब्ध हुन्छ | मनसुनी वायु कमजोर, पश्चिमी वायुले गराउने छ हल्कादेखि मध्यम वर्षा | जेन-जीको एक समूहको धम्कीपछि काठमाडौंका संवेदनशील स्थानमा प्रहरी परिचालन |

१० दिने चीन भ्रमणबाट फर्किएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेतृत्वको प्रतिनिधिमण्डललाई चीन सरकारले उच्चस्तरको सम्मान प्रदान गरेको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले जानकारी दिएका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री भण्डारीले यस भ्रमणले नेपाल-चीन द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने काम गरेको बताए। “दुई देशका बीचमा आपसी सम्बन्धलाई बलियो बनाउने र नेपालका प्रमुख दलबीचमा जुन सहकार्य भएको छ, त्यसले राजनीतिक स्थायित्व दिन्छ र त्यो राजनीतिक स्थायित्व प्रति खुशी व्यक्त गर्नुभयो,” उनले भने।

एमालेका नेता तथा उद्योग मन्त्री भण्डारीले वर्तमान सरकारप्रति चिनियाँ पक्ष सन्तुष्ट रहेको दाबी गरे। दुई ठूला पार्टी मिलेर सरकार गठन भएपछि नेपालमा राजनीतिक स्थायित्व आउने विश्वास चिनियाँ पक्षले राखेको उनको भनाइ छ।

भ्रमणका क्रममा एमालेका तर्फबाट विदेश विभाग प्रमुख रघुबीर महासेठ र सरकारी प्रतिनिधिका रूपमा मन्त्रीको हैसियतमा आफूले संवादहरूमा सहभागिता जनाएको मन्त्री भण्डारीले जानकारी दिए।

Former President Bhandari Concludes China Visit

Nepal Press

विमानस्थलमा पूर्वराष्ट्रपति भण्डारीले आफ्नो भ्रमण सफल भएको संक्षिप्त प्रतिक्रिया दिइन्। तर, कम्युनिस्ट एकताको विषयमा सोधिएको प्रश्नको उनले जवाफ दिइनन्।

भण्डारीको चीन भ्रमणलाई राजनीतिक हलकामा विशेष महत्त्वका साथ हेरिएको छ। कतिपयले आगामी महाधिवेशनमा एमालेको नेतृत्वको सम्भावनाका रूपमा भण्डारीलाई हेरेका छन्। एमाले नेतृत्वमा भण्डारीलाई ल्याएर कम्युनिस्ट एकता गर्ने चिनियाँ चासो रहेको चर्चा भइरहेको छ।

तर, मन्त्री भण्डारीले यस भ्रमणलाई त्यस्ता अनुमानसँग जोडेर हेर्न नमिल्ने स्पष्ट पारे। “अहिले त्यो सन्दर्भ यो भ्रमणमा जोड्न हुँदैन। त्यसमा पार्टी नेतृत्वले आवश्यक परामर्श गर्ला र निर्णय गर्ला। तर यो भ्रमण सद्भावना भ्रमण मात्रै हो। उहाँको भ्रमण दलमा पार्टी र सरकारको पनि सहभागिता छ,” उनले भने।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय