२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
फास्ट ट्र्याकको गाडी दुर्घटना हुँदा इञ्जिनियर र चालकको मृत्यु | हिन्दुकुश क्षेत्रमा कम वर्षाको अनुमान, विपद्को जोखिम भने कायमै | काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने आज अन्तिम दिन | प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध | मन्त्री बनेपछि सिंहदरबारमै डेरा सरे महावीर पुन, मन्त्रालयमै बस्ने तयारी | मन्त्रिपरिषद बैठकमा ‘स्थानीय उत्पादन’ अभियान, डीडीसीलाई विशेष प्राथमिकता |

निर्वाचन आयोग नेपाल ले प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ लाई लक्षित गर्दै मतदाता शिक्षासम्बन्धी टिकटक भिडियो प्रतियोगिता सञ्चालन गर्ने भएको छ।

युवामाझ लोकप्रिय सामाजिक सञ्जाल टिकटक मार्फत निर्वाचन प्रचारप्रसार र मतदाता शिक्षा प्रवर्द्धन गर्ने उद्देश्यले आयोगले अभियान अघि बढाएको हो।

आयोगका अनुसार निर्वाचन आचारसंहिता, मतदाताको अधिकार र कर्तव्य, निर्वाचनको आवश्यकता र महत्त्व, मतपत्रमा सही तरिकाले छाप लगाउने विधिलगायत विषयमा आधारित एक मिनेट अवधिको संवादमूलक तथा सन्देशमूलक भिडियो तयार गर्नुपर्नेछ।

प्रतियोगितामा सहभागी हुन इच्छुकले फागुन १७ गतेभित्र आफ्नो टिकटक भिडियो सामाजिक सञ्जालमा पोस्ट गरी आयोगको इमेलमा पठाउनुपर्नेछ। सबैभन्दा बढी भ्युज प्राप्त गर्ने भिडियोमध्ये प्रथमलाई ५० हजार रुपैयाँ, दोस्रोलाई ३० हजार र तेस्रोलाई २० हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिनेछ।

भिडियो प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ को सन्दर्भमा मौलिक अडियो र अभिनयसहित तयार गरिएको हुनुपर्ने आयोगले जनाएको छ। एक व्यक्तिले एक विषयमा एक भिडियो पठाउन सक्नेछ भने दुई वा सोभन्दा बढी व्यक्तिको समूहले पनि भिडियो निर्माण गर्न सक्नेछन्।

आयोगका अनुसार प्राप्त भिडियोहरू प्रसारण तथा उपयोग गर्ने अधिकार आयोगमै रहनेछ भने उत्कृष्ट भिडियोको छनोट स्वतन्त्र विज्ञ र आयोगबाट गरिनेछ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय