२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
फास्ट ट्र्याकको गाडी दुर्घटना हुँदा इञ्जिनियर र चालकको मृत्यु | हिन्दुकुश क्षेत्रमा कम वर्षाको अनुमान, विपद्को जोखिम भने कायमै | काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने आज अन्तिम दिन | प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध | मन्त्री बनेपछि सिंहदरबारमै डेरा सरे महावीर पुन, मन्त्रालयमै बस्ने तयारी | मन्त्रिपरिषद बैठकमा ‘स्थानीय उत्पादन’ अभियान, डीडीसीलाई विशेष प्राथमिकता |

काठमाडौँ– निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले तोकिएको मिति र समयमै निर्वाचन सम्पन्न हुने भएकाले कोही पनि भ्रममा नपर्न आग्रह गरेका छन्।

गोरखापत्र संस्थानले आइतबार आयोजना गरेको कार्यक्रममा उनले निर्वाचन निर्धारित समयमै हुने स्पष्ट पारे। अझै केही उम्मेदवारहरूले निर्वाचनबारे संशय राख्दै फोन गर्ने गरेको उल्लेख गर्दै उनले भ्रममा नपरी प्रचारप्रसारमा सक्रिय हुन आग्रह गरे।

निर्वाचनको विकल्प निर्वाचन नै भएको दोहोर्‍याउँदै भण्डारीले अब निर्वाचनको वातावरण बिथोलिने अवस्था नबन्ने जिकिर गरे। राजनीतिक दल, उम्मेदवार र तिनका कार्यकर्ता प्रचारप्रसारमा सक्रिय रहेको र उनीहरूले पनि निर्वाचन बाहेक अर्को विकल्प नदेखेको उनको भनाइ थियो।

निर्वाचन बिथोल्ने वा अस्थिरता सिर्जना गर्ने कुनै पनि गतिविधि सरकारले निषेध गर्ने र आयोगले नजिकबाट अनुगमन गरिरहेको उनले बताए।

“केही कुण्ठित व्यक्तिहरूले निश्चित उद्देश्य पूरा गर्न नचाहिने हल्ला फैलाउन सक्छन्,” उनले भने, “तर अब नेपाली जनता त्यस्ता प्रायोजनका साक्षी बस्दैनन्। जसरी पनि निर्वाचन सम्पन्न हुन्छ।”

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय