२०८३ आश्विन ११ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

धुनिबेशी नगरपालिका वडा नं. ७ र ९ मा अवस्थित दुई विद्यालयका विद्यार्थीहरू मिति २०८२/०२/१८ गतेदेखि सम्पर्कविहिन भएका छन्। विद्यालय जानका लागि घरबाट निस्किएका दुई विद्यार्थी हालसम्म घर फर्किएका छैनन्।

बेपत्ता विद्यार्थीहरूको विवरण

सम्पर्कविहिन भएका विद्यार्थीहरूमा धुनिबेशी नगरपालिका ०७ स्थित मच्छिन्द्र माध्यमिक विद्यालय , खानीखोलामा अध्ययनरत मानशी साउद र धुनिबेशी नगरपालिका ०९ महादेवस्थान माध्यमिक विद्यालय,कुमाईखोलामा अध्ययनरत सुस्मिता तामाङ रहेका छन्।

दुवै विद्यार्थी सामान्य दिनजस्तै विहान विद्यालय जानका लागि घरबाट निस्किएका थिए। तर, त्यसदिनदेखि नै उनीहरूको कुनै खबर छैन र परिवारसँगको सम्पर्क पनि टुटेको छ।

विद्यार्थीहरूको परिवारले स्थानीय प्रहरी चौकी र प्रशासनलाई जानकारी गराएको छ।

बेपत्ता विद्यार्थीहरूका बारेमा कुनै जानकारी भएमा निम्न नम्बरहरूमा सम्पर्क गर्न अनुरोध गरिएको छ: ९८५१२८२९११, ९८५११००७१९

अद्यावधिक जानकारी: मिति २०८२/०२/१८ गतेदेखि बेपत्ता भएका दुवै विद्यार्थी मानशी साउद र सुस्मिता तामाङ परिवारको सम्पर्कमा आएका छन्। धुनिबेशी नगरपालिकाका स्थानीय समाजसेवी प्रमोद गिरीले सामाजिक सञ्जाल मार्फत परिवारको स्रोत दिदै जानकारी गराएका हुन्। 

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय