२०८३ आश्विन ११ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले गत भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा सर्वोच्च अदालत, सिंहदरबार र प्रहरी कार्यालयमा आगजनी तथा तोडफोड गरेको आरोपमा १३ जनाविरुद्ध मंगलबार जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ।

काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक अधिकारीका अनुसार उनीहरूविरुद्ध आपराधिक उपद्रव र डाँकासम्बन्धी कसुरमा मुद्दा दायर गरिएको हो।

सर्वोच्च अदालतमा आगजनी गरेको अभियोगमा सुनील श्रेष्ठ, ज्योति थापा, विनोदकुमार थापा मगर, कुमार पराजुली र राजु परियारविरुद्ध मुद्दा दायर भएको छ। अभियोगपत्रमा उनीहरूले सर्वोच्च अदालतमा आगजनी गरी एक अर्ब २३ करोड ६२ लाख ३८ हजार रुपैयाँ बराबरको क्षति पुर्‍याएको उल्लेख छ।

त्यस्तै सिंहदरबारमा तोडफोड तथा आगजनीमा संलग्न रहेको आरोपमा आशीष गुरुङविरुद्ध पनि आपराधिक उपद्रव र डाँकासम्बन्धी कसुरमा मुद्दा दायर गरिएको छ।

प्रहरी वृत्त बौद्धमा आगजनी गरेको आरोपमा समीर श्रेष्ठ र सुनिल तामाङविरुद्ध मुद्दा चलाइएको छ। प्रहरी प्रभाग बलम्बुमा तोडफोड गरेको अभियोगमा निखिल कुसुले, सोहन चौधरी, विवेक रोक्का र छत्रबहादुर विकविरुद्ध पनि मुद्दा दायर गरिएको छ।

भदौ २४ गतेको घटनामा संलग्नमाथि अनुसन्धान गरी कारबाहीको माग गर्दै सर्वोच्च अदालतले काठमाडौं प्रहरी परिसरमा जाहेरी दिएको थियो। सर्वोच्च प्रशासनको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान गरी मुद्दा चलाएको हो।

यसअघि जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने निर्णय गरेका महेन्द्र गौतमविरुद्ध पनि अब प्रक्रिया अघि बढ्ने भएको छ। उच्च अदालत पाटनको सरकारी वकिल कार्यालयले उनीविरुद्ध मुद्दा चल्ने निर्णय गरिसकेको जनाएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय