२०८३ आश्विन ११ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

आईसीसी टी२० विश्वकप २०२६ अन्तर्गत पहिलो सेमिफाइनल खेल आज हुँदैछ। बुधबार हुने पहिलो सेमिफाइनलमा दक्षिण अफ्रिका राष्ट्रिय क्रिकेट टोली र न्युजिल्यान्ड राष्ट्रिय क्रिकेट टोली आमनेसामने हुँदैछन्। खेल कोलकातास्थित इडेन गार्डेन मा बेलुकी सवा ७ बजेदेखि सुरु हुनेछ। दक्षिण अफ्रिका सुपर ८ बाट समूह ‘ए’को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो।

सुपर ८ मा दक्षिण अफ्रिकाले जिम्बाब्वे राष्ट्रिय क्रिकेट टोली लाई ५ विकेटले र वेस्ट इन्डिज राष्ट्रिय क्रिकेट टोली लाई ९ विकेटले पराजित गरेको थियो। साथै भारत राष्ट्रिय क्रिकेट टोली विरुद्ध ७६ रनको जित निकालेको थियो।

न्युजिल्यान्ड सुपर ८ को उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो। सुपर ८ मा उसले एक खेल जितेको थियो। इंग्ल्यान्ड राष्ट्रिय क्रिकेट टोली सँग ४ विकेटले पराजित हुँदा श्रीलंका राष्ट्रिय क्रिकेट टोली लाई ६१ रनले हराएको थियो। वर्षाका कारण पाकिस्तान राष्ट्रिय क्रिकेट टोली सँगको खेल रद्द भएको थियो।

दक्षिण अफ्रिका र न्युजिल्यान्डबीच पछिल्लो पाँच भेटमा न्युजिल्यान्डले तीन खेल जित्दा दक्षिण अफ्रिकाले दुई खेल जितेको छ। आजको खेलमा विजयी हुने टोलीले बिहीबार हुने दोस्रो सेमिफाइनलमा भारत र इंग्ल्यान्डबीचको विजेता टोलीसँग आइतबार फाइनल खेल्नेछ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय