२०८३ श्रावण २५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

मोरङ–६ मा नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइराला फराकिलो मतान्तरले पछि परेका छन् । कांग्रेसमा पनि पहिरो जाने संकेत देखिएको छ, जसमा शेखर कोइरालाको स्थिति कमजोर बनेको छ ।

सो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की रुविना आचार्यले ३,४२३ मत प्राप्त गरेकी छन् । डा. शेखर कोइरालाले ७२८ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका विनोद ढकालले ६२७ मत प्राप्त गरेका छन् ।

सुन्दर हरैचा क्षेत्रको मत गणना अनुसार श्रम संस्कृति पार्टीका मात्रिका पौडेलले ६०४ मत प्राप्त गरेका छन् । अहिलेसम्म ६,१३५ मत गणना भएको छ भने ५,७३४ मत सदर भएको छ ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय