२०८३ जेष्ठ २७ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध | मन्त्री बनेपछि सिंहदरबारमै डेरा सरे महावीर पुन, मन्त्रालयमै बस्ने तयारी | मन्त्रिपरिषद बैठकमा ‘स्थानीय उत्पादन’ अभियान, डीडीसीलाई विशेष प्राथमिकता | सम्झौता मिति सकिन लाग्दा पनि जुम्लाको न्याउरीगाड पुल अधुरै | सेयर बजारमा गिरावटको क्रम जारी | सुधनको छानबिनप्रति कांग्रेस सभापति गगन थापाको कटाक्ष: “झन्झट किन गरेको? पहिल्यै होइन भने भइहाल्थ्यो” |

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण परिणाम सार्वजनिक भएको छ। निर्वाचन आयोगले दलहरूसँगको परामर्शमा सोमबार समानुपातिकतर्फका सांसदहरू समेत एकीन गरेपछि औपचारिक रूपमा परिणाम सार्वजनिक गरेको हो। आयोगले बुधबारसम्ममा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष चुनावी प्रतिवेदन बुझाउने तयारी गरेको छ।

नवगठित प्रतिनिधिसभामा जेष्ठ सदस्यका रूपमा कांग्रेसका अर्जुननरसिंह केसी रहने भएका छन्। ७८ वर्षका केसीले संसद्को जेष्ठ सदस्यका रूपमा अभिभावकीय भूमिका खेल्नेछन्। उनी कांग्रेसको समानुपातिकतर्फबाट सांसद चुनिएका हुन्।

सभामुख चयन नभएसम्म केसीले प्रतिनिधिसभाको नेतृत्व गर्नेछन्। राष्ट्रपतिसँग शपथ ग्रहण गरेपछि उनले प्रतिनिधिसभाको पहिलो बैठकमा बाँकी सांसदहरूलाई शपथ गराउनुपर्नेछ।

२००४ सालमा नुवाकोटको ओखरपौवामा जन्मिएका केसी पञ्चायतकालमै राज्यमन्त्री बनेका थिए। २०२१ सालदेखि विद्यार्थी राजनीतिबाट मूलधारको राजनीतिमा आएका केसी त्रिभुवन विश्वविद्यालयको स्ववियु सभापति समेत भएका थिए।

२०४६ सालमा बहुदलीय प्रजातन्त्र पुनःस्थापना भएपछि कांग्रेसमा सक्रिय रहेका केसी पटक–पटक सांसद बनेका छन्। उनले स्वास्थ्य, शिक्षा र सहरी विकाससहितका मन्त्रालयको जिम्मेवारी पनि सम्हालिसकेका छन्।

७८ वर्षीय केसीपछि संसद्मा ७१ वर्ष उमेर समूहका सांसदहरू पनि रहेका छन्। म्याग्दीबाट स्वतन्त्र निर्वाचित महावीर पुन, एमालेको समानुपातिकतर्फबाट सांसद बनेका पुष्प कँडेल र नेकपाका प्रमेश हमाल ७१ वर्षका छन्। आउँदो प्रतिनिधिसभामा अधिकांश सांसदहरू भने ४० वर्षमुनिका रहेका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय