२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध | मन्त्री बनेपछि सिंहदरबारमै डेरा सरे महावीर पुन, मन्त्रालयमै बस्ने तयारी | मन्त्रिपरिषद बैठकमा ‘स्थानीय उत्पादन’ अभियान, डीडीसीलाई विशेष प्राथमिकता | सम्झौता मिति सकिन लाग्दा पनि जुम्लाको न्याउरीगाड पुल अधुरै | सेयर बजारमा गिरावटको क्रम जारी | सुधनको छानबिनप्रति कांग्रेस सभापति गगन थापाको कटाक्ष: “झन्झट किन गरेको? पहिल्यै होइन भने भइहाल्थ्यो” |

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की छोरी गंगा दाहाल र उनका पति जीवन आचार्यमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान अन्तिम चरणमा पुगेको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले दुवै जनामाथिको छानबिनलाई तीव्र बनाएको स्रोतले जनाएको छ। गंगा दाहाल प्रचण्ड प्रधानमन्त्री रहेका बेला स्वकीय सचिवको भूमिकामा थिइन्।

गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा गंगा दाहालको निवासमा आगजनी भएको थियो। त्यस क्रममा घरबाट सुन तथा नगद भेटिएको विषय सार्वजनिक भएको थियो। केही रकम र सुन लुटिएको तथा केही जलेको बताइए पनि कति रकम वा कति सुन क्षति भयो भन्नेबारे आधिकारिक विवरण सार्वजनिक गरिएको छैन।

घटनापछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले जलेको घरबाट संकलित खरानी परीक्षणका लागि प्रहरी प्रयोगशालामा पठाएको थियो। परीक्षणका क्रममा नेपाली मुद्राको अवशेष फेला परेको पुष्टि भएको थियो।

त्यस अवधिमा विभिन्न राजनीतिक नेताका निवासमा भएको आगजनीपछिका घटनाबारे पनि अनुसन्धान गरिएको थियो। सामाजिक सञ्जालमा नगद जलेको र उडाइएको दृश्यसमेत व्यापक रूपमा फैलिएका थिए।

अनुसन्धानसम्बन्धी प्रतिवेदन तत्कालीन सरकारलाई जानकारी गराइएको थियो। त्यसबेला निर्वाचनको वातावरण प्रभावित हुन सक्ने भन्दै थप कारबाही प्रक्रिया तत्काल अघि नबढाई नयाँ जनादेशपछि बन्ने सरकारलाई निर्णयका लागि छाडिएको बताइएको थियो।

१३ चैतमा प्रधानमन्त्री वालेन्द्र शाह नियुक्त भएपछि रोकिएको अनुसन्धानले पुनः गति लिएको स्रोतको दाबी छ। विभाग स्रोतका अनुसार छानबिन अन्तिम चरणमा पुगेको छ र आवश्यक परे थप अनुसन्धानका लागि पक्राउ प्रक्रिया समेत अघि बढ्न सक्ने अवस्था रहेको छ।

पछिल्ला दिनमा गंगा दाहाल सार्वजनिक कार्यक्रममा कमै देखिएकी छन्। उनको मोबाइल फोन पनि केही दिनदेखि बन्द रहेको बताइएको छ।

जीवन आचार्य यसअघि कोशी प्रदेश सरकारमा आर्थिक मामिला तथा योजना मन्त्री र पर्यटन, वन तथा वातावरण मन्त्रीको जिम्मेवारीमा रहेका थिए। हाल उनी कोशी प्रदेशसभा सदस्य छन्।

गंगा दाहाल र जीवन आचार्यमाथि प्रचण्ड नेतृत्वको सरकारका बेला कर्मचारी तथा सुरक्षा निकायका सरुवा–बढुवा र ठूला ठेक्कापट्टामा प्रभाव प्रयोग गरेको आरोपसमेत लाग्दै आएको छ। यद्यपि ती आरोपबारे सम्बन्धित निकायबाट अन्तिम निष्कर्ष सार्वजनिक भएको छैन।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय