२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध | मन्त्री बनेपछि सिंहदरबारमै डेरा सरे महावीर पुन, मन्त्रालयमै बस्ने तयारी | मन्त्रिपरिषद बैठकमा ‘स्थानीय उत्पादन’ अभियान, डीडीसीलाई विशेष प्राथमिकता | सम्झौता मिति सकिन लाग्दा पनि जुम्लाको न्याउरीगाड पुल अधुरै | सेयर बजारमा गिरावटको क्रम जारी | सुधनको छानबिनप्रति कांग्रेस सभापति गगन थापाको कटाक्ष: “झन्झट किन गरेको? पहिल्यै होइन भने भइहाल्थ्यो” |

नेकपा एमालेका महासचिव शंकर पोखरेलले चुनावी लहर वा एकपटकको ठूलो जितले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित नगर्ने बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले सन् १९८४ को भारतीय लोकसभा निर्वाचनको उदाहरण दिँदै त्यतिबेला देखिएको ‘राजीव लहर’ र हाल नेपालमा देखिएको ‘बालेन लहर’ बीच तुलना गरेका छन्।

उनका अनुसार सन् १९८४ को भारतीय आम चुनावमा कांग्रेस (आई) ले दुई तिहाइभन्दा बढी सिटमा ऐतिहासिक विजय हासिल गरेको थियो भने भारतीय जनता पार्टी (भाजपा) त्यतिबेला जम्मा दुई सिटमा सीमित भएको थियो। तर त्यस्तो ठूलो सफलता पाए पनि कांग्रेस (आई) क्रमशः कमजोर बन्दै गएको र भाजपा विस्तारै सशक्त बन्दै अघि बढेको उनले उल्लेख गरेका छन्।

पोखरेलले यही प्रक्रियाको परिणामस्वरूप आज नरेन्द्र मोदीको नेतृत्वमा भाजपा लगातार तेस्रो कार्यकालका लागि भारतको केन्द्रीय सत्तामा स्थापित भएको उदाहरण दिएका छन्।

उनले यस घटनाक्रमले महत्वपूर्ण शिक्षा दिने बताएका छन्। चुनावी लहर वा एकपटकको जितले मात्रै दीर्घकालीन सफलता सुनिश्चित नहुने भन्दै जनअपेक्षा पूरा गर्ने क्षमता, संगठन सुदृढीकरण र निरन्तर जनसमर्थन कायम राख्ने रणनीति नै दीर्घकालीन सफलताको आधार हुने उनको भनाइ छ।

पोखरेलले जित्ने र हार्ने दुवै पक्षका लागि यसबाट सिक्नुपर्ने बताएका छन्।

हालै सम्पन्न निर्वाचनमा एमालेले अनपेक्षित पराजय भोगेपछि पार्टीभित्र पुनर्गठनको आवाज उठिरहेको छ। मातहतका केही कमिटीहरूले स्वःस्फूर्त रूपमा समीक्षा प्रक्रिया सुरु गरेका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय