४ माघ २०८२, आइतवार
प्रतिनिधिसभा निर्वाचनका लागि एमाले महासचिव शंकर पोखरेल दाङ-२ बाट उम्मेदवार बन्ने निश्चित भएको छ ।शनिबार सचिवालय बैठकले दाङ-२ मा पोखरेलको उम्मेदवारीबारे निर्णय गरेको थिएन । अध्यक्ष केपी शर्मा ओलीसँग परामर्श गरेपछि पोखरेलले आफू त्यस क्षेत्रबाट उम्मेदवार बन्ने निष्कर्षमा पुगेका हुन् ।
‘दाङ-२ बाट महासचिव शंकर पोखरेल उम्मेदवार बन्ने पक्का भएको छ,’ ओली सचिवालयले भन्यो । दाङ-१ मा सोमबार टुंग्याइने छ । दाङ-३ मा घनश्याम पाण्डे उठ्ने निर्णय भइसकेको छ ।
