२०८२ चैत्र १६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
ब्रिज कोर्सदेखि संविधान संशोधनसम्म: मन्त्रिपरिषद् बैठकका निर्णय | नेता तथा कार्यकर्तालाई मन्त्रालयमा अनावश्यक भेटघाट नगर्न रास्वपाको निर्देशन | सर्वोच्चद्वारा ओलीलाई छोड्न अस्वीकार, कारण देखाऊ आदेश जारी | सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु | सर्वोच्चद्वारा रमेश लेखकलाई रिहा गर्न अस्वीकार! केपी ओलीको रिट के होला ? | सांसदसँग छलफलमा बालेन: जनताले अनुभूति गर्ने कामको सूची माग | युवती जलाएर हत्या घटनामा कडा कारबाहीको माग बढ्दो | किन हटाइयो इन्ट्रान्स र ब्रिज कोर्स बन्द गर्ने निर्णयको सूचना? | मन्त्रीहरूपछि सांसदसँग संवादमा जुटे प्रधानमन्त्री बालेन्द्र शाह | ओली र लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन छुट्टाछुट्टै इजलासमा |

निर्वाचन आयोगले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणामसहितको समग्र प्रतिवेदन आज राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाउने भएको छ।

आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार आज बिहान ११ः३० बजे समानुपातिकतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र प्रदान गरेपछि दिउँसो राष्ट्रपतिसमक्ष प्रतिवेदन बुझाइनेछ।

आयोगले समानुपातिक सांसदलाई प्रमाणपत्र वितरण गरेपछि बेलुकी ५ः३० बजे केन्द्रीय कार्यालयस्थित मिडिया सेन्टरमा पत्रकार सम्मेलन गर्ने तयारी पनि गरेको छ। निर्वाचन परिणामसहितको प्रतिवेदन राष्ट्रपतिलाई बुझाएपछि संविधानको धारा ७६ (१) अनुसार सरकार गठनका लागि आह्वान गर्ने प्रक्रिया अघि बढ्नेछ।

यसपटकको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्पष्ट बहुमत हासिल गरेको छ। दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाका १८२ सांसद निर्वाचित भएका छन्।

निर्वाचन आयोगले बिहीबार नै समानुपातिकतर्फ निर्वाचित ११० सांसदलाई प्रमाणपत्र वितरण गर्ने तयारी पूरा भएको जनाएको छ। कान्तिपथस्थित बहादुर भवनमा रहेको केन्द्रीय कार्यालयमा ‘क्लस्टर’ अनुसार प्रमाणपत्र वितरण गरिनेछ।

समानुपातिकतर्फ रास्वपाबाट ५७ सांसद निर्वाचित भएका छन् भने नेपाली कांग्रेसबाट २०, नेकपा एमालेबाट १६, नेकपाबाट ९, श्रम संस्कृति पार्टी र राप्रपाबाट चार–चार जना निर्वाचित भएका छन्।

त्यस्तै, पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ रास्वपा १२५, कांग्रेस १८, एमाले ९, नेकपा ८, श्रम संस्कृति पार्टी ३ तथा राप्रपा र स्वतन्त्र उम्मेदवारले एक–एक सिट जितेका छन्।

संवैधानिक व्यवस्थाअनुसार प्रतिनिधिसभामा पहिलो हुने निर्वाचित हुने प्रणालीबाट १६५ र समानुपातिकतर्फ ११० गरी कुल २७५ सदस्य रहने व्यवस्था छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय