२०८३ आश्विन ११ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनको प्रचारप्रसारका क्रममा भौतिक स्वरूपका चुनाव चिह्न प्रयोग नगर्न राजनीतिक दल र उम्मेदवारलाई आग्रह गरेको छ।

आयोगका अनुसार केही दल वा उम्मेदवारले धातु, काठ वा अन्य कडा सामग्रीबाट बनेका चुनाव चिह्न बोकी हिँड्ने गरेको गुनासो प्राप्त भएको छ। यस्तो कार्यले सार्वजनिक शान्ति र सुरक्षामा असर पार्न सक्ने भन्दै आयोगले त्यस्ता भौतिक चिह्न प्रयोग नगर्न निर्देशन दिएको हो।

आयोगले तोकिएको मापदण्डअनुसार कपडा, तुल, फ्लेक्स वा कागजमा छापिएको चुनाव चिह्न प्रयोग गर्न सकिने जनाएको छ। तर धातु, काठ वा यस्तै प्रकृतिका सामग्रीबाट बनेका चिह्न प्रयोग गर्दा सुरक्षा जोखिम बढ्ने भएकाले त्यस्तो कार्य नगर्न स्पष्ट गरेको छ।

निर्वाचन आचारसंहिता, २०८२ को दफा १३ को खण्ड (ड) अनुसार दलको झण्डा र चुनाव चिह्न तोकिएको मापदण्डअनुसार मात्र प्रयोग गर्न आयोगले आग्रह गरेको छ। मापदण्ड विपरीत कार्य गरेको पाइएमा आचारसंहिता उल्लंघन मानिने चेतावनीसमेत दिइएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय