२०८२ आश्विन २२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
जनआस्थाको समाचारपछि प्रतिवादमा उत्रिए ज्ञानेन्द्र शाही : “मेरो चरित्र हत्या नगर” | माओवादी नेता जनार्दन शर्मामाथि पत्रकार सन्तोष देउजाले लगाए वैदेशिक सम्पत्ति लुकाएको आरोप | पर्वतमा सडक अलपत्र पार्ने ठेकेदारको जमानत जफत | आयोगले प्रतिवेदन कुर्नुपर्दैन भनेपछि अब कसलाई जिम्मेवार ठहर गर्ने ? | संसद पुनःस्थापनाका लागि अदालत जाने  गृहकार्यमा एमाले  | देशभर मनसुन क्रमश कमजोर हुँदै | जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार कैदी मृत फेला | निर्वाचन आयोगसँग प्रधानमन्त्री : चुनावका लागि आवश्यक सबै स्रोत साधन उपलब्ध हुन्छ | मनसुनी वायु कमजोर, पश्चिमी वायुले गराउने छ हल्कादेखि मध्यम वर्षा | जेन-जीको एक समूहको धम्कीपछि काठमाडौंका संवेदनशील स्थानमा प्रहरी परिचालन |

नेकपा (एमाले) मधेस प्रदेशका सांसद तथा डी एण्ड एन बिल्डर्स प्रालिका तत्कालीन प्रबन्ध निर्देशक दीपेन्द्रकुमार ठाकुरविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको औरही नगरपालिकामा अस्पताल निर्माणका क्रममा अनियमितता गरेको अभियोगमा मङ्गलवार उनलाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

दीपेन्द्रकुमार ठाकुर, धनुषा क्षेत्र नम्बर ३(ख) बाट निर्वाचित सांसद र एमाले मधेस प्रदेश संसदीय दलका उपनेता हुन् । उनी माथि लागेको यो मुद्दासँगै उनको सांसद पद स्वतः निलम्बन भएको छ । उनले अस्पताल निर्माणमा सार्वजनिक सम्पत्तिको हिनामिना गरेको आरोप छ ।

यसैगरी, अख्तियारले औरही नगरपालिकाका तत्कालीन अध्यक्ष ब्रह्मदेव यादवसहित १७ जनाविरुद्ध पनि भ्रष्टाचारको अभियोगमा मुद्दा दायर गरेको छ । नगरपालिकाका कर्मचारीहरूलाई समेत प्रतिवादी बनाइएको छ । उनीहरूले अस्पताल निर्माणमा अनियमितता गरी सार्वजनिक सम्पत्तिको दुरुपयोग गरेको अख्तियारको दाबी छ ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय