२०८३ आश्विन १२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले केही मन्त्रालय गाभ्दै कुल मन्त्रालय संख्या १६ मा सीमित गरेको छ।

प्रधानमन्त्री शाहले रक्षा र उद्योग वाणिज्य मन्त्रालय आफैंसँग राखेका छन्। बाँकी १४ जना मन्त्रीहरूले राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिएका छन्।

यसअन्तर्गत युवा तथा खेलकुद मन्त्रालयलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा गाभिएको छ। सो मन्त्रालयको जिम्मेवारी सस्मित पोखरेलले पाएका छन्।

त्यसैगरी, खानेपानी मन्त्रालयलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा समाहित गरिएको छ। यस मन्त्रालयको जिम्मेवारी निशा मेहतालाई दिइएको छ।

सरकारले वन तथा वातावरण मन्त्रालयलाई खारेज गर्दै कृषि मन्त्रालयमा गाभेको छ। यसअन्तर्गतको जिम्मेवारी गीता चौधरीले सम्हालेकी छन्।

त्यस्तै, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा गाभिएको छ। यसको जिम्मेवारी प्रतिभा रावललाई दिइएको छ।

यस पुनर्संरचनासँगै सरकारले मन्त्रालयको संख्या घटाएर कार्यसम्पादनलाई प्रभावकारी बनाउने लक्ष्य राखेको जनाएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय