२०८३ श्रावण २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
बालेनको कूटनीतिक शैली फेरिँदै : अब राजदूतहरूसँग ‘वान टु वान’ भेट ! | पहिरो, बाढी र कटानको चपेटामा राजमार्ग, सडक यात्रा जोखिमपूर्ण ! | ‘संघीयता र धर्मनिरपेक्षता कमजोर बनाउने प्रयास स्वीकार्य छैन’– आङ्देम्बे | दसैँ लगत्तै सुरु हुँदै एनपीएल, तिहार पनि क्रिकेटकै माहोलमा | ७ हजारमा ग्यास सिलिन्डर बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ | कसरी छिरे ५२६ रोहिंग्या नेपाल ? | ढल्केवरको ट्रमा सेन्टर सार्ने विषयमा सरकारलाई रुलिङ | सम्पत्ति शुद्धीकरण मुद्दामा ८ वर्षपछि चक्रे मिलनले पाए सफाइ | चार महिनामै सर्पले टोकेर ५६ जनाको मृत्यु : बालबालिका जोखिममा ! | देशका विभिन्न सडक पहिरोले अवरुद्ध |

नेकपा एमालेले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउ लोकतान्त्रिक मूल्य र कानुनी शासनको विपरीत भएको ठहर गरेको छ।

आज बसेको सचिवालय बैठकमा पार्टीले तत्काल दुवै नेता रिहा गर्न माग गर्ने निर्णय गरेको छ। महासचिव शंकर पोखरेलले पत्रकारहरूसँग कुरा गर्दै सो निर्णयको जानकारी दिएका छन्।

पार्टीले सुरुदेखि नै गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनलाई अस्वीकार गर्दै आएको छ। उनीहरूको ठहर अनुसार उक्त प्रतिवेदन पूर्वाग्रही, प्रतिशोधपूर्ण र अनुसन्धानका न्यायिक सिद्धान्त विपरीत रहेको छ।

सचिवालय बैठकले भदौ २३ र २४ गतेको घटनाबारे सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय छानबिन समिति गठन गर्न पनि माग गरेको छ। पार्टीका नेताहरूले घटनाको निष्पक्ष, पारदर्शी र न्यायसंगत रूपमा छानबिन हुनुपर्नेमा जोड दिएका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय