२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध | मन्त्री बनेपछि सिंहदरबारमै डेरा सरे महावीर पुन, मन्त्रालयमै बस्ने तयारी | मन्त्रिपरिषद बैठकमा ‘स्थानीय उत्पादन’ अभियान, डीडीसीलाई विशेष प्राथमिकता | सम्झौता मिति सकिन लाग्दा पनि जुम्लाको न्याउरीगाड पुल अधुरै | सेयर बजारमा गिरावटको क्रम जारी | सुधनको छानबिनप्रति कांग्रेस सभापति गगन थापाको कटाक्ष: “झन्झट किन गरेको? पहिल्यै होइन भने भइहाल्थ्यो” |

नेकपा एमालेका कार्यकर्ताले अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल रिहा गर्न माग गर्दै काठमाडौँको चावहिलमा प्रदर्शन गरेका छन्।

प्रदर्शनकारीहरूले “अध्यक्ष ओलीलाई रिहा गर”, “प्रतिशोधपूर्ण कारबाही मुर्दावाद”, “प्रहरीका हत्यारालाई कारबाही गर”, “सिंहदरबार जलाउनेलाई कारबाही गर”, “सहकारी ठगलाई कारबाही गर” जस्ता नारा लगाउँदै नाराबाजी गरेका छन्। यसैगरी देशका अन्य विभिन्न जिल्लामा पनि ओली पक्राउको विरोधमा एमाले कार्यकर्ताहरू सडकमा उत्रिएका छन्।

गत भदौ २३ गते भएको जेनजी आन्दोलनमा हिंसात्मक दमन गरेको आरोपमा बालेन नेतृत्वको सरकारले शनिबार बिहान तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री रमेश लेखकलाई घरबाटै पक्राउ गरेको थियो। भक्तपुरको गुण्डुस्थित निवासबाट पक्राउ परेका ओलीलाई काठमाडौँ जिल्ला प्रहरी परिसरबाट स्वास्थ्य परीक्षणका लागि महाराजगन्जस्थित त्रिवि शिक्षण (टिचिङ) अस्पताल पुर्‍याइएको थियो।

यसबीच, नेकपा एमालेकोआज बसेको सचिवालय बैठकमा पार्टीले तत्काल दुवै नेता रिहा गर्न माग गर्ने निर्णय गरेको छ। महासचिव शंकर पोखरेलले पत्रकारहरूसँग कुरा गर्दै सो निर्णयको जानकारी दिएका छन्।

पार्टीले सुरुदेखि नै गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनलाई अस्वीकार गर्दै आएको छ। उनीहरूको ठहर अनुसार उक्त प्रतिवेदन पूर्वाग्रही, प्रतिशोधपूर्ण र अनुसन्धानका न्यायिक सिद्धान्त विपरीत रहेको छ।

सचिवालय बैठकले भदौ २३ र २४ गतेको घटनाबारे सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय छानबिन समिति गठन गर्न पनि माग गरेको छ। पार्टीका नेताहरूले घटनाको निष्पक्ष, पारदर्शी र न्यायसंगत रूपमा छानबिन हुनुपर्नेमा जोड दिएका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय