२०८३ श्रावण २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
बालेनको कूटनीतिक शैली फेरिँदै : अब राजदूतहरूसँग ‘वान टु वान’ भेट ! | पहिरो, बाढी र कटानको चपेटामा राजमार्ग, सडक यात्रा जोखिमपूर्ण ! | ‘संघीयता र धर्मनिरपेक्षता कमजोर बनाउने प्रयास स्वीकार्य छैन’– आङ्देम्बे | दसैँ लगत्तै सुरु हुँदै एनपीएल, तिहार पनि क्रिकेटकै माहोलमा | ७ हजारमा ग्यास सिलिन्डर बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ | कसरी छिरे ५२६ रोहिंग्या नेपाल ? | ढल्केवरको ट्रमा सेन्टर सार्ने विषयमा सरकारलाई रुलिङ | सम्पत्ति शुद्धीकरण मुद्दामा ८ वर्षपछि चक्रे मिलनले पाए सफाइ | चार महिनामै सर्पले टोकेर ५६ जनाको मृत्यु : बालबालिका जोखिममा ! | देशका विभिन्न सडक पहिरोले अवरुद्ध |

नेकपा (एमाले)ले अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा आइतबार पनि काठमाडौंमा प्रदर्शन जारी राखेको छ।

माइतीघर–बबरमहल क्षेत्र आसपास एमालेका कार्यकर्ता केहीबेर अघिदेखि सडकमा उत्रिएका छन्। पार्टीका जनवर्गीय संगठनहरूले राजधानीसँगै देशभरका जिल्ला प्रशासन कार्यालयहरूमा विरोध पत्र बुझाउने कार्यक्रम पनि अघि बढाएका छन्।

ओली पक्राउको विरोधमा एमाले कार्यकर्ताहरू विभिन्न जिल्लामा प्रशासन कार्यालय अगाडि प्रदर्शनमा उत्रिएको जनाइएको छ। काठमाडौंमा भने हिजोदेखि नै प्रदर्शन सुरु भएको हो। शनिबार पनि माइतीघर–बबरमहल क्षेत्रमा कार्यकर्ताहरूले विरोध प्रदर्शन गरेका थिए।

गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनका घटनापछि विकसित राजनीतिक घटनाक्रमका बीच ओली र नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ परेपछि एमालेले आन्दोलन थालेको हो।

उक्त समयमा ओली प्रधानमन्त्री थिए भने लेखक गृहमन्त्रीको जिम्मेवारीमा रहेका थिए। सोही घटनासँग सम्बन्धित विषयमा उनीहरू पक्राउ परेपछि एमालेले विरोध कार्यक्रमलाई निरन्तरता दिएको हो।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय