२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
समस्याग्रस्त दुई सहकारीका १३२ जना ऋणीको नाम सार्वजनिक | यो कम्युनिस्ट पार्टीको होइन, रास्वपाको बजेट हो : अर्थमन्त्री वाग्ले | कोशी सभापतिमा पराजित भएपछि सरिन तामाङको घोषणा– ‘आजबाट राजनीतिक बिट मारें’ | कैँची प्रहार गरी वृद्धलाई घाइते बनाउने व्यक्ति पक्राउ | माइतीघर पुगे गृहमन्त्री गुरुङ, पीडितलाई दिए माग सम्बोधनको आश्वासन | फास्ट ट्र्याकको गाडी दुर्घटना हुँदा इञ्जिनियर र चालकको मृत्यु | हिन्दुकुश क्षेत्रमा कम वर्षाको अनुमान, विपद्को जोखिम भने कायमै | काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने आज अन्तिम दिन | प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप |

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले इन्ट्रान्स र ब्रिज कोर्स बन्द गर्ने सम्बन्धमा जारी गरेको सूचना वेबसाइटबाट हटाएको छ। यससँगै सरकार निर्णयबाट पछि हटेको हो कि भन्ने प्रश्न उठेको छ।

मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले भने निर्णय फिर्ता नभएको स्पष्ट पारेका छन्। उनका अनुसार उक्त विषयमा थप स्पष्टता आवश्यक परेकाले सूचना अस्थायी रूपमा हटाइएको हो। उनले भने, “निर्णयबाट पछि हटेको होइन, केही विषय प्रस्ट पार्नुपर्ने भएकाले हटाइएको हो, आजै थप स्पष्टतासहित नयाँ विज्ञप्ति आउँछ।”

यसअघि आइतबार मन्त्रालयले सबै प्रकारका इन्ट्रान्स परीक्षा तयारी कक्षा तथा ब्रिज कोर्स बन्द गर्ने भन्दै विज्ञप्ति जारी गरेको थियो। तर २४ घण्टा नपुग्दै उक्त सूचना वेबसाइटबाट हटाइएको हो।

मन्त्रालयका अनुसार अब यस विषयमा थप स्पष्टता दिँदै सोमबार नै नयाँ विज्ञप्ति सार्वजनिक गरिनेछ।

यसबीच मन्त्रालय र शिक्षामन्त्री सस्मित पोखरेलले सार्वजनिक गरेका सूचनामा फरक देखिएको थियो। मन्त्रालयले सबै तहका इन्ट्रान्स कक्षा बन्द गर्ने जनाएको थियो भने मन्त्री पोखरेलले कक्षा १२ सम्मका विद्यार्थीलाई लक्षित कक्षा मात्र बन्द गर्ने उल्लेख गरेका थिए।

मन्त्री पोखरेलले सामाजिक सञ्जालमार्फत कक्षा १२ सम्म सञ्चालन हुँदै आएका तयारी कक्षाहरू २०८३ वैशाख १ देखि बन्द गर्ने निर्णय भएको जानकारी दिएका थिए।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय