२०८३ श्रावण २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
बालेनको कूटनीतिक शैली फेरिँदै : अब राजदूतहरूसँग ‘वान टु वान’ भेट ! | पहिरो, बाढी र कटानको चपेटामा राजमार्ग, सडक यात्रा जोखिमपूर्ण ! | ‘संघीयता र धर्मनिरपेक्षता कमजोर बनाउने प्रयास स्वीकार्य छैन’– आङ्देम्बे | दसैँ लगत्तै सुरु हुँदै एनपीएल, तिहार पनि क्रिकेटकै माहोलमा | ७ हजारमा ग्यास सिलिन्डर बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ | कसरी छिरे ५२६ रोहिंग्या नेपाल ? | ढल्केवरको ट्रमा सेन्टर सार्ने विषयमा सरकारलाई रुलिङ | सम्पत्ति शुद्धीकरण मुद्दामा ८ वर्षपछि चक्रे मिलनले पाए सफाइ | चार महिनामै सर्पले टोकेर ५६ जनाको मृत्यु : बालबालिका जोखिममा ! | देशका विभिन्न सडक पहिरोले अवरुद्ध |

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संविधान संशोधनसम्बन्धी बहस पत्र तयार पार्ने कार्यदलमा आफ्नो प्रतिनिधि तोकेको छ।

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठन गरिएको कार्यदलमा रास्वपाले अधिवक्ता मोहनलाल आचार्यलाई प्रतिनिधिका रूपमा पठाएको पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिएका छन्।

रास्वपाका अनुसार आचार्यको कानुनी पृष्ठभूमि र अनुभवलाई ध्यानमा राख्दै उनलाई कार्यदलमा प्रतिनिधित्वका लागि चयन गरिएको हो।

यसअघि चैत १६ गते बसेको मन्त्रिपरिषद्को बैठकले संविधान संशोधनसम्बन्धी बहस पत्र तयार पार्न कार्यदल गठन गर्ने निर्णय गरेको थियो।

उक्त कार्यदलमा संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रतिनिधिहरू रहने व्यवस्था गरिएको छ।

यससँगै, आचार्यको पृष्ठभूमि पनि चर्चामा आएको छ। संविधान निर्माणका क्रममा विज्ञका रूपमा काम गरेका उनी गत भदौमा भएको जेन–जी आन्दोलनपछि रास्वपा प्रवेश गर्दै सक्रिय राजनीतिमा आएका हुन्।

कपिलवस्तु–१ बाट निर्वाचित आचार्यले २०४८ यतादेखि कायम एमाले र कांग्रेसको राजनीतिक विरासत तोड्दै भारी मतान्तरसहित विजय हासिल गरेका थिए। उनले करिब १८ हजारभन्दा बढी मतान्तरले जित हात पार्दै संघीय संसद्मा प्रवेश गरेका हुन्।

यसअघि विभिन्न सरकारी निकायमा कानुन निर्माण, अध्ययन–अनुसन्धान र विधायिकी परीक्षणमा संलग्न रहँदै आएका आचार्यसँग संविधानसभाको विशेषज्ञका रूपमा काम गरेको लामो अनुभव छ।

आचार्यले संसद्मा प्रवेशसँगै कानुन निर्माणलाई जनमुखी, व्यावहारिक र कार्यान्वयनयोग्य बनाउने लक्ष्य राखेका छन्। साथै, कानुनी राज्यको प्रत्याभूति, भ्रष्टाचार नियन्त्रण र युवालाई लक्षित रोजगारी सिर्जनामा जोड दिने बताएका छन्।

उनले सार्वजनिक पदलाई सेवामुखी बनाउँदै नागरिकप्रति प्रत्यक्ष जवाफदेही शासन प्रणाली विकास गर्ने आफ्नो प्राथमिकता रहेको उल्लेख गरेका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय