२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने आज अन्तिम दिन | प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध | मन्त्री बनेपछि सिंहदरबारमै डेरा सरे महावीर पुन, मन्त्रालयमै बस्ने तयारी | मन्त्रिपरिषद बैठकमा ‘स्थानीय उत्पादन’ अभियान, डीडीसीलाई विशेष प्राथमिकता | सम्झौता मिति सकिन लाग्दा पनि जुम्लाको न्याउरीगाड पुल अधुरै | सेयर बजारमा गिरावटको क्रम जारी |

राष्ट्रिय क्रिकेटर करण केसीले सामाजिक सञ्जालमा लेखेको विवादित स्टाटसलाई लिएर नेपाल क्रिकेट संघ (क्यान) ले औपचारिक निर्णय सार्वजनिक गर्ने तयारी गरेको छ।

करण केसी आज प्रधानमन्त्री कपअन्तर्गतको खेलमा सहभागी भएका छैनन्।

उनले हिजो फेसबुकमा अम्पायरहरूलाई लक्षित गर्दै धम्कीपूर्ण शैलीको स्टाटस लेखेका थिए। उक्त पोस्टमा उनले कुनै खेलाडीले गल्तीले अम्पायरलाई प्रहार गरेमा कति म्याच प्रतिबन्ध हुन्छ भन्ने प्रश्न उठाएका थिए।

पोस्ट सार्वजनिक भएलगत्तै अम्पायर तथा स्कोरर संघले आकस्मिक बैठक बसेर विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको थियो।

क्यान उच्च स्रोतका अनुसार करणलाई आजको खेल नखेल्न भनिएको थियो, सोही अनुसार उनी मधेश प्रदेशविरुद्धको खेलमा अनुपस्थित भएका हुन्। करण नेपाल पुलिस क्लबबाट खेल्दै आएका छन्।

क्यानले केहीबेरमै यस विषयमा औपचारिक विज्ञप्ति जारी गर्ने तयारी गरेको बताइएको छ।

यता करण केसीले विवादपछि उक्त स्टाटस हटाएर क्षमायाचना गरिसकेका छन्। तर अम्पायर संघका अध्यक्ष मोहम्मद सफिकले क्षमायाचनाले मात्र पर्याप्त नहुने भन्दै क्यानबाट कडा निर्णय आउनुपर्ने बताएका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय