२०८३ श्रावण २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
बालेनको कूटनीतिक शैली फेरिँदै : अब राजदूतहरूसँग ‘वान टु वान’ भेट ! | पहिरो, बाढी र कटानको चपेटामा राजमार्ग, सडक यात्रा जोखिमपूर्ण ! | ‘संघीयता र धर्मनिरपेक्षता कमजोर बनाउने प्रयास स्वीकार्य छैन’– आङ्देम्बे | दसैँ लगत्तै सुरु हुँदै एनपीएल, तिहार पनि क्रिकेटकै माहोलमा | ७ हजारमा ग्यास सिलिन्डर बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ | कसरी छिरे ५२६ रोहिंग्या नेपाल ? | ढल्केवरको ट्रमा सेन्टर सार्ने विषयमा सरकारलाई रुलिङ | सम्पत्ति शुद्धीकरण मुद्दामा ८ वर्षपछि चक्रे मिलनले पाए सफाइ | चार महिनामै सर्पले टोकेर ५६ जनाको मृत्यु : बालबालिका जोखिममा ! | देशका विभिन्न सडक पहिरोले अवरुद्ध |

अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिभुवन विश्वविद्यालयलाई करिब दुई अर्ब रुपैयाँ बराबरको आर्थिक नोक्सानी भएको देखिएको छ। विश्वविद्यालयले दिएको तलबसहितको अध्ययन बिदा दुरुपयोग भएको निष्कर्ष छानबिनबाट आएको हो।

त्रिविको नियमअनुसार शिक्षक तथा कर्मचारीले पाँच वर्षसम्म अध्ययन बिदा लिन पाउने व्यवस्था छ। योग्य र अनुसन्धानमुखी जनशक्ति उत्पादन गर्ने उद्देश्यले यस्तो सुविधा दिइँदै आएको भए पनि व्यवहारमा यसको दुरुपयोग भएको पाइएको छ।

यस विषयमा छानबिन गर्न विश्वविद्यालयले डा. जीवन काफ्लेको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो। समितिमा कृष्णहरि आचार्य र दीपक तिवारी सदस्य रहेका छन्।

छानबिनका क्रममा करिब ३९८ प्राध्यापकले अध्ययन बिदाको दुरुपयोग गरेको तथ्य भेटिएको छ। तीमध्ये १९१ जना बिदा सकिएपछि नफर्किएका छन् भने २०७ जनाले अध्ययन नै पूरा नगरेको पाइएको छ।

समितिका अनुसार अध्ययन बिदामा विदेश गएका धेरै प्राध्यापक नफर्किँदा विश्वविद्यालयलाई आर्थिक मात्र होइन, शैक्षिक र नैतिक क्षति पनि पुगेको छ। स्थायी शिक्षकको ठाउँमा करार र आंशिक शिक्षक राख्नुपर्दा थप आर्थिक भार परेको उल्लेख गरिएको छ।

त्रिविको सेवा सम्बन्धी नियम २०५० अनुसार अध्ययन बिदा उपभोग गरेका शिक्षकले फर्केर सोही अवधिको सेवा गर्नुपर्ने प्रावधान छ। तर, सो नियमको पालना नगरी धेरैजसो प्राध्यापक विदेशमै बस्ने गरेको पाइएको छ।

अध्ययन बिदाका क्रममा लिएको तलबभत्ता १० प्रतिशत ब्याजसहित फिर्ता गर्ने कबुलियत भए पनि त्यसको पालनामा कमजोरी देखिएको छ। विश्वविद्यालयले ताकेता गरेपछि केही प्राध्यापकले रकम फिर्ता गर्न थालेका छन्।

शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसीका अनुसार हालसम्म २० जनाले करिब ६ करोड रुपैयाँ फिर्ता गरिसकेका छन्। साथै ५० भन्दा बढी प्राध्यापक फिर्ता गर्ने प्रक्रियामा रहेको जानकारी दिइएको छ।

त्रिविले नफर्किने प्राध्यापकबाट प्रतिव्यक्ति न्यूनतम १० लाखदेखि ५० लाख रुपैयाँभन्दा बढी असुली हुनसक्ने जनाएको छ। रकम नबुझाउनेलाई कानुनी प्रक्रियामा लैजाने तयारी पनि गरिएको छ।

प्रारम्भिक विवरणअनुसार एक शिक्षकको वार्षिक तलबभत्ता हिसाब गर्दा ३९७ शिक्षकबाट पाँच वर्षमा करिब दुई अर्ब रुपैयाँ बराबरको दुरुपयोग भएको अनुमान गरिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय