२०८३ श्रावण २५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार आज (मंगलबार) दिउँसो साढे ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्नेछ।

सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा पक्राउ परेका व्यवसायी दीपक भट्टसँग गृहमन्त्री सुधन गुरुङको व्यवसायिक सम्बन्ध रहेको विषय यतिबेला चर्चामा छ।

यही विषयलाई लिएर गृहमन्त्री गुरुङको बर्खास्तीको माग उठिरहेका बेला प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक आह्वान गरेका हुन्।

यसअघि पनि पदको दुरुपयोग गरेको आरोप लागेपछि प्रधानमन्त्री शाहले श्रममन्त्री दीपककुमार साहलाई पदबाट हटाएका थिए।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय