
गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन्।
विवादित व्यवसायीसँग साझेदारी र सेयर कारोबार सम्बन्धी विषयमा चौतर्फी आलोचना बढेपछि उनले आज प्रधानमन्त्री बालेन शाहलाई भेटेर राजीनामा बुझाएका हुन्।
राजीनामाबारे उनले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका छन्। आफ्नो कार्यकाल इमानदारीपूर्वक पूरा गर्न प्रयास गरेको उल्लेख गर्दै पछिल्ला दिनमा उठेका प्रश्न र जनचासोलाई गम्भीर रूपमा लिएको उनले बताएका छन्।
उनले पदभन्दा ठूलो कुरा नैतिकता र जनविश्वास भएको उल्लेख गरेका छन्। देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग बढिरहेको सन्दर्भमा सार्वजनिक जीवन स्वच्छ र उत्तरदायी हुनुपर्ने आवश्यकता औंल्याएका छन्।
आफूमाथि उठेका विषयमा निष्पक्ष छानबिन हुनुपर्ने माग गर्दै उनले पदमा रहँदा स्वार्थको द्वन्द्व नहोस् भन्ने उद्देश्यले राजीनामा दिएको बताएका छन्।
गुरुङले आफ्नोतर्फबाट नैतिक जिम्मेवारी पूरा गरेको उल्लेख गर्दै सञ्चारकर्मी र आम नागरिकलाई सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा अघि बढ्न आग्रह गरेका छन्।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
- वल्ड इन्फो नेपाली
- वल्ड इन्फो नेपाली
- वल्ड इन्फो नेपाली
- वल्ड इन्फो नेपाली
