२०८३ बैशाख १४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त | त्रिवि क्रिकेट मैदानबारे सरकारको स्पष्टिकरण : क्रिकेट मैदान हटाउने कुनै योजना छैन | यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय | संसद् अधिवेशन रोकेर अध्यादेश ल्याउने तयारीमा बालेन सरकार! | महेश बस्नेतकी पत्नी र शोभा पाठकबीच माइतीघरमा झडप | सुकुम्वासी बस्तीमा हतारमा डोजर चलाएको भन्दै कांग्रेस महामन्त्री प्रदीप पौडेलको असन्तुष्टि | सुकुम्बासी बस्ती स्थानान्तरणपछि विद्यार्थी व्यवस्थापन गर्न शिक्षामन्त्रीको निर्देशन | एक महिनामै ११ लाख लाइसेन्स छापियो, बाँकी असारभित्रै सकिने | बेल ४१२’ को सट्टा नेपालले अमेरिकासँग ‘हेभी–लिफ्ट’ हेलिकोप्टर माग्ने | कांग्रेस संसदीय दलको नेतामा आङ्देम्बे सर्वसम्मत |

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सुकुम्वासी बस्तीमा सरकारले हतारमा डोजर चलाएकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै उनले वास्तविक सुकुम्वासीको पहिचान नगरी सरकार अघि बढेको बताएका हुन् ।

उनका अनुसार सुकुम्वासी बस्ती हटाउनै नहुने भन्ने कांग्रेसको धारणा नभए पनि वास्तविक र नक्कली सुकुम्वासी छुट्याउनुपर्ने आवश्यक प्रक्रिया पालना नभएको छ ।

‘हाम्रो प्रस्ट कुरा हटाउनु हुँदैन भन्ने होइन। सबै वास्तविक सुकुम्वासी थिए भन्ने पनि होइन,’ उनले भने, ‘तर वास्तविक सुकुम्वासीलाई नछुटाई सबैलाई नक्कली भन्दै गरिएको व्यवहार उचित भएन।’

पौडेलले यस विषयमा जाँचबुझ र अध्ययन आवश्यक रहे पनि त्यसलाई बेवास्ता गर्दै सरकारले अघि बढेको आरोप लगाए ।

उनले सुकुम्वासी बस्तीमा बल प्रयोग गरिएको भन्दै सरकारले हतारमा निर्णय कार्यान्वयन गरेको टिप्पणी गरेका छन् ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय