२०८३ श्रावण २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
बालेनको कूटनीतिक शैली फेरिँदै : अब राजदूतहरूसँग ‘वान टु वान’ भेट ! | पहिरो, बाढी र कटानको चपेटामा राजमार्ग, सडक यात्रा जोखिमपूर्ण ! | ‘संघीयता र धर्मनिरपेक्षता कमजोर बनाउने प्रयास स्वीकार्य छैन’– आङ्देम्बे | दसैँ लगत्तै सुरु हुँदै एनपीएल, तिहार पनि क्रिकेटकै माहोलमा | ७ हजारमा ग्यास सिलिन्डर बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ | कसरी छिरे ५२६ रोहिंग्या नेपाल ? | ढल्केवरको ट्रमा सेन्टर सार्ने विषयमा सरकारलाई रुलिङ | सम्पत्ति शुद्धीकरण मुद्दामा ८ वर्षपछि चक्रे मिलनले पाए सफाइ | चार महिनामै सर्पले टोकेर ५६ जनाको मृत्यु : बालबालिका जोखिममा ! | देशका विभिन्न सडक पहिरोले अवरुद्ध |

प्रधानमन्त्री बालेन शाहविरुद्ध जिल्ला अदालत काठमाडौंमा दर्ता गर्न लगिएको गाली बेइज्जतीसम्बन्धी मुद्दा अदालत प्रशासनले अस्वीकार गरेको छ।

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का नेता विकल राईले दायर गर्न खोजेको रिट अदालत प्रशासनले दरपीठ गरिदिएको हो।

प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत विद्यार्थीहरूलाई “स्लिपर सेल” भनेर सम्बोधन गरेको विषयलाई लिएर राई अदालत पुगेका थिए।

राईले उक्त अभिव्यक्तिले विद्यार्थी समुदायको मानमर्दन भएको दाबी गर्दै मुलुकी अपराध संहिता, २०७४ को दफा ३०६ र ३०७ अनुसार कारबाहीको माग गरेका थिए।

प्रधानमन्त्रीजस्तो जिम्मेवार पदमा बसेको व्यक्तिले प्रयोग गरेको शब्दले युवा तथा विद्यार्थीको अपमान गरेको भन्दै उनले कानुनी उपचार खोजिएको बताएका छन्।

“प्रधानमन्त्रीले फेसबुकमार्फत युवा र विद्यार्थीको मानमर्दन गरिरहँदा चुप बस्नु भनेको त्यो अपमान स्वीकार गर्नु हो,” भन्दै राईले अदालतमा रिट लिएर पुगेका थिए।

तर अदालत प्रशासनले उक्त निवेदन दर्ता नगरी दरपीठ गरेको हो।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय