२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
फास्ट ट्र्याकको गाडी दुर्घटना हुँदा इञ्जिनियर र चालकको मृत्यु | हिन्दुकुश क्षेत्रमा कम वर्षाको अनुमान, विपद्को जोखिम भने कायमै | काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने आज अन्तिम दिन | प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध | मन्त्री बनेपछि सिंहदरबारमै डेरा सरे महावीर पुन, मन्त्रालयमै बस्ने तयारी | मन्त्रिपरिषद बैठकमा ‘स्थानीय उत्पादन’ अभियान, डीडीसीलाई विशेष प्राथमिकता |

सरकारले सीमा विवादको समाधान कूटनीतिक संवादमार्फत खोजिने प्रतिबद्धता जनाएको छ।

सोमबार संघीय संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सीमा सम्बन्धी विषयलाई संवाद र कूटनीतिक माध्यमबाट समाधान गरिने बताएका हुन्।

राष्ट्रपतिले सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन आधुनिक प्रविधिको प्रयोग गरिने जानकारी पनि दिए।

उनका अनुसार सीमा नाकाहरूमा अनुहार पहिचान प्रणाली (फेस रेकग्निसन सिस्टम) लागू गरिनेछ। साथै अवैध गतिविधि नियन्त्रणका लागि ड्रोन तथा नाइट भिजन क्यामराको प्रयोग विस्तार गरिने सरकारको योजना छ।

सरकारले सीमा क्षेत्रको सुरक्षा, निगरानी र व्यवस्थापनलाई प्रविधिमैत्री बनाउँदै लैजाने नीति लिएको जनाएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय