
संसदमा विपक्षी दलहरूले प्रधानमन्त्रीले नीति तथा कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ दिनुपर्ने माग गर्दै अवरोध जारी राखेका छन्।
बैठकमा तनावपूर्ण अवस्था देखिएपछि छलफल अघि बढ्न सकेको छैन। विपक्षी दलहरूको अडानपछि सदनको कामकारबाही प्रभावित भएको हो।
सत्तापक्षले भने प्रधानमन्त्री स्वयंले नीति तथा कार्यक्रमको छलफलमा अनिवार्य रूपमा भाग लिनुपर्ने कुनै कानूनी बाध्यता नरहेको तर्क गरेको छ।
सत्तारुढ दल रास्वपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले प्रतिनिधिसभा नियमावलीको धारा ३८ को उपधारा ३ अनुसार प्रधानमन्त्री उपस्थित हुन नसकेको अवस्थामा मन्त्रीलाई प्रतिनिधि तोक्न सकिने व्यवस्था रहेको बताए।
उनले बैठकमा भने, “आज प्रधानमन्त्रीले अर्थमन्त्रीलाई आफ्नो तर्फबाट प्रतिनिधि तोक्नुभएको जानकारी मलाई आएको छ। त्यसैले सदनको कारवाही त्यसैअनुसार सुचारु गरौं।”
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
