२०८३ श्रावण २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

प्रधानन्यायाधीशमा सिफारिस भएका सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्मा को संसदीय सुनुवाइ आज हुँदैछ।

संसदीय सुनुवाइ समितिका सभापति बोधनारायण श्रेष्ठ ले न्यायालयमा बढ्दो अन्योललाई ध्यानमा राख्दै सुनुवाइ प्रक्रिया छिटो अघि बढाइएको बताएका छन्।

उनका अनुसार बिहान ८ बजे शर्माविरुद्ध परेका उजुरी खोलिनेछ र सांसदहरूलाई वितरण गरिनेछ। त्यसपछि बिहान ९ः४५ बजे उजुरीकर्तासँग छलफल गर्ने कार्यतालिका तय गरिएको छ।

सभापति श्रेष्ठले उजुरीकर्तासँगको छलफलपछि समितिले सुनुवाइ प्रक्रिया अघि बढाउने र अन्ततः अनुमोदन गर्ने वा नगर्ने विषयमा निर्णयमा पुग्ने बताए।

संसदीय सुनुवाइ समितिमा शर्माविरुद्ध १६ वटा उजुरी परेका छन्। समितिले २५ वैशाखमा १० दिनको समय दिँदै उजुरी आह्वान गरेको थियो।

समितिकी उपसचिव सावित्रा शर्मा का अनुसार कार्यालय समयभित्र प्राप्त उजुरीहरू दर्ता गरिएको हो।

समितिले शर्माको कार्यकुशलता, कार्यसम्पादन, आचरण र न्यायिक भूमिकासँग सम्बन्धित विषयमा उजुरी मागेको थियो।

यसअघि संवैधानिक परिषद्ले २४ वैशाखमा शर्मालाई प्रधानन्यायाधीश पदका लागि सिफारिस गरेको थियो।

अब संसदीय सुनुवाइबाट अनुमोदन भएपछि राष्ट्रपतिबाट उनको औपचारिक नियुक्ति हुनेछ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय