२०८३ श्रावण २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

हर्कराज राई साम्पाङ ले प्रधानमन्त्री बालेन्द्र शाह संसद्प्रति जवाफदेही नभएको आरोप लगाएका छन्।

बिहीबार प्रतिनिधिसभा बैठक सुरु हुनासाथ आकस्मिक समय लिएर बोल्दै साम्पाङले संसद् नियमावलीअनुसार सांसदले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्री वा सम्बन्धित मन्त्रीले सात दिनभित्र दिनुपर्ने व्यवस्था भए पनि त्यसको पालना नभएको बताए।

उनले आफूले वैशाख २८ र २९ गते प्रधानमन्त्रीलाई विभिन्न प्रश्न सोधे पनि हालसम्म कुनै जवाफ नपाएको गुनासो गरे।

“मैले उठाएका प्रश्न गृह मन्त्रालय, रक्षा मन्त्रालयलगायतसँग सम्बन्धित थिए। ती मन्त्रालयको नेतृत्व पनि प्रधानमन्त्रीले नै गरिरहनुभएको छ, त्यसैले उहाँले जवाफ दिनुपर्छ,” साम्पाङले संसद्मा भने।

उनले दार्चुलाको लिपुलेकसहित सीमा सम्बन्धी विषयमा आफूले उठाएका प्रश्नको जवाफसमेत प्रधानमन्त्रीबाटै चाहेको बताए।

साम्पाङले प्रधानमन्त्री शाह संसद्मा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिनुपर्ने उल्लेख गर्दै कटाक्षपूर्ण शैलीमा प्रश्न गरे, “उहाँ यो संसद्को सदस्य हो कि होइन? यो देशमा संसद् छ कि छैन?”

प्रधानमन्त्री संसद्प्रति जिम्मेवार हुनुपर्ने उल्लेख गर्दै उनले कर्तव्य पूरा गर्न नसक्ने अवस्थामा मार्गप्रशस्त गर्नसमेत सुझाव दिए।

“यदि उहाँ आफ्नो कर्तव्य पूरा गर्न सक्नुहुन्न भने मार्गप्रशस्त गर्दा राम्रो हुन्छ,” उनले भने, “संसद्प्रति जवाफदेही नहुँदा उहाँ आखिर कोप्रति जवाफदेही हुनुहुन्छ? कुनै न कुनै निकायप्रति त जवाफदेही हुनैपर्छ।”

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय