२०८३ आश्विन १४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाह संसद् बैठकमा उपस्थित हुने बताएका छन्।

बुधबार संसद् बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीले प्रधानमन्त्रीको अनुपस्थितिबारे प्रश्न गर्दा लामिछानेले प्रधानमन्त्री सदनमा आउने दाबी गरेका हुन्। यद्यपि उनले प्रधानमन्त्री कहिले संसद्‌मा उपस्थित हुने भन्नेबारे स्पष्ट खुलाएनन्।

लामिछानेले भने, “प्रधानमन्त्री आउनुहुन्छ, नआउने भन्ने कुरै छैन । आएपछि तपाईंहरूले थाहा पाइहाल्नुहुन्छ ।”

प्रधानमन्त्री लगातार संसद् बैठकमा अनुपस्थित रहँदा सत्तापक्षमाथि दबाब बढेको हो भन्ने प्रश्नमा भने उनले अस्वीकार गरे। आफू कुनै दबाबमा नरहेको उनको भनाइ थियो।

“मलाई कुनै कुराको दबाब छैन । म दबाब लिने मान्छे नै होइन,” उनले भने, “प्रक्रिया र अभ्यास हुँदै जाने कुरा हो । काम महत्वपूर्ण हो । सरकारले आफ्नो काम गरिरहेको छ ।”

लामिछानेले सञ्चारमाध्यमलाई प्रतिपक्षका विषयमा पनि ध्यान दिन सुझाव दिए। उनले सत्तापक्षभन्दा प्रतिपक्षका गतिविधिमा बढी केन्द्रित हुन आग्रह गरे।

“अहिले मिडियाले हामी सत्तापक्षलाई होइन, मलाई होइन, तपाईंहरूको समय प्रतिपक्षलाई दिनुभयो भने अझ बढी सजिलो हुन्छ,” उनले भने।

प्रधानमन्त्री बालेन्द्र शाह लगातार संसद् बैठकमा अनुपस्थित रहेपछि विपक्षी दलहरूले सदनमै प्रश्न उठाउँदै आएका छन्। विपक्षी सांसदहरूले प्रधानमन्त्री स्वयं उपस्थित भएर उठाइएका प्रश्नको जवाफ दिनुपर्ने माग गरिरहेका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय