२०८३ आश्विन ११ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

संघीय संसद् सचिवालयले विभिन्न प्राविधिक समूहका १४ पदमा ३२ जना कर्मचारीका लागि आवेदन खुला गरेको छ। सचिवालयले बुधबार सूचना जारी गर्दै करार सेवामा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो।

सचिवालयका अनुसार रा.प. तृतीय श्रेणी अन्तर्गत साउन्ड इन्जिनियरका लागि दुई जना माग गरिएको छ।

त्यस्तै रा.प. अन प्रथम श्रेणीमा इलेक्ट्रिक ओभरसियर ६ जना, भिडिओग्राफर दुई जना, मेसेज सञ्चालक दुई जना, अडिओ–भिडिओ एडिटर चार जना, प्रसारण सहायक चार जना, माइक सञ्चालक दुई जना र ओभरसियर तीन जना माग गरिएको छ।

रा.प. अन द्वितीय श्रेणी अन्तर्गत इलेक्ट्रोनिक्स हेल्पर, विद्युत हेल्पर र आईटी हेल्पर दुई–दुई जना तथा स्वास्थ्य हेल्पर एक जना माग गरिएको छ।

श्रेणीविहीन पदतर्फ हलुका सवारी चालक दुई जना र भारी सवारी चालक चार जना आवश्यक रहेको सचिवालयले जनाएको छ।

आवेदन दिने योग्यता

सचिवालयले १८ वर्ष पूरा भई ५५ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन दिन सक्ने जनाएको छ। सम्बन्धित पदका लागि तोकिएको शैक्षिक योग्यता अनिवार्य गरिएको छ। साथै दुई पाङ्ग्रे सवारी चालक अनुमतिपत्र पनि आवश्यक पर्नेछ।

आवेदनसँग नागरिकताको प्रमाणपत्र, शैक्षिक प्रमाणपत्र, ट्रान्सक्रिप्ट, प्रोभिजनल सर्टिफिकेट, चारित्रिक प्रमाणपत्र, अनुभव प्रमाणपत्र (आवश्यक भएमा), लाइसेन्स र शुल्क बुझाएको रसिद संलग्न गर्नुपर्नेछ।

श्रेणीअनुसार आवेदन शुल्क पनि तोकिएको छ। रा.प. तृतीयका लागि १,२०० रुपैयाँ, रा.प. प्रथमका लागि ७०० रुपैयाँ, रा.प. द्वितीयका लागि ५०० रुपैयाँ र श्रेणीविहीन पदका लागि २५० रुपैयाँ लाग्नेछ।

परीक्षा प्रयोगात्मक र अन्तर्वार्तामार्फत लिइनेछ।

सचिवालयका अनुसार असार मसान्तभित्र रिक्त पद पूर्ति गर्ने लक्ष्यसहित विज्ञापन प्रकाशित गरिएको हो। करार नियुक्ति आवश्यकता अनुसार नवीकरण गर्न सकिने पनि जनाइएको छ।

दरखास्त भौतिक रूपमा सचिवालयमा वा ईमेलमार्फत recruitment@parliament.gov.np मा पठाउन सकिनेछ। आवेदन दिने अन्तिम मिति १२ जेठ साँझ ५ बजेसम्म तोकिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय